सरस्वती पाैडेल
अहो ! होलि खेलियो अब के हुन्छ ।
मुखै भरी लतपतियो अब के हुन्छ ।
आमाले “रङ नछुनु तैले” भन्नुहुन्थ्यो
शरीर मै पो रङ पोखियो अब के हुन्छ ।
हरको सेतो सारीमा छोराले रङ च्याप्यो
हावाले गाउँमा पुर्याइदियो अब के हुन्छ ।
सफरमा भेटेको यात्री थियो आफू सङ्ग
दोबाटो आइपुग्दा छुटियो अब के हुन्छ ।
थियो एउटा सिसाको महल आफ्नो पनि
लौ आखै अगाडी चर्कियो अब के हुन्छ ।
भरतपुर चितवन

