शारदा क्षेत्री
भन्छन् माया र मौसमको केहि भर हुन्न रे
कुनबेला चुहिने छुट्टने हाे ठहर हुन्न रे
घामछाँया जस्तै सर्छन नयाँ खोज्दै प्रेममा
अटल राख्नु पर्छ भन्ने सोच अनि कर हुन्न रे ।
अलकति त्यो मनमा रमाउन देउन साथी
थोरै थोरै खुसि समाउन देउन साथी
दु:ख सुख साट्नको लागि बन्ने हो आफ्नै
ढल्नै लागेको जिन्दगी थमाउन देउन साथी ।
घाईते छ मुटु मेरो यसको बिमा छैन कुनै
किस्ता किस्तामा लाग्ने चोटको सिमा छैन कुनै
सम्झी सम्झी दुखि हुदै बस्नु पर्छ पलपलमा
यो दुई दिनको जिन्दगीको जिम्मा छैन कुनै ।
भरतपुर चितवन हाल अमेरिका न्युयोर्क

