टिङ्कु भट्टराई
सपनामा एकै झल्को देख्न पाए हुन्थ्यो ।
मन मुटुको न्यानो पनले सेक्न पाए हुन्थ्यो ।
हिजोआज कुन्नी किन पर पर भा छौ
लर्खराउँदा मेरै हातले थेग्न पाए हुन्थ्यो ।
छड्के नजर लगाएरै हेरिदेउन सानू
तिम्रै नाममा गीत गजल लेख्न पाए हुन्थ्यो ।
सिमलको भुवाले नि तिम्लाई बिझाउँछ कि
कलेजीको बारा लगाई छेक्न पाए हुन्थ्यो।
तिम्रै यादको बेचैनीले पागल सरि भा’ छु
मलम पट्टि पाइने सङ्घार टेक्न पाए हुन्थ्यो।
सुर्याेदय नगरपालिका, इलाम

