चितवन । गजल मन्च चितवनले स्वर्गीय अध्यक्ष द्वारिका नेपाललाई सम्झदै गजलसङ्ग साताैँ श्रृङखला सम्पन्न गरेकाे छ । चितवन साहित्य परिषदकाे सभाहलमा शनिबार आयोजना गरिएकि उक्त श्रृङखलामा गजलकारहरु दिलु थापा मगर ,नवराज ढकाल ,विक्रम ढकाल अनुराग , सरस्वती पाैडेल र अविरत शुमनले वेजाेड गजल वाचन गरेका थिए ।
साहित्यकार द्वारिका नेपालकाे निधन पश्चात् पहिलाे कार्यक्रम गरेकाे गजल मन्चले स्वर्गीय नेपालकाे आत्माको चिरशान्तिका लागि माैन धारण समेत गरिएको थियो ।

स्वर्गीय द्वारिका नेपालकाे स्मृतिमा गजल मन्च चितवनले स्थापना गरेकाे अक्षय काेषकाे घाेषणा गरिनुका साथै गजलकार चेतनाथ रुवालीकाे आमा र अमला अधिकारीकाे आश्रय गजल कृति लाई रमादेवी हिरालाल स्मृति पुरस्कार सँयुक्तरुपमा प्रदान गरिएको थियाे । पुरस्कारको राशि १० हजार १ सय१ रुपैयाँ रहेकाे छ । राशिकाे काेष वृद्धि गरिदैलै जाने कार्यवाहक अध्यक्ष लेखराम सापकाेटाले बताए । कार्यक्रम सापकोटाकाे सभाध्यक्षतामा भएकोमा सचिव रामकृष्ण अनायासद्वारा सहजिकरणगरिएको थियाे । सदस्य अम्विका कार्कीद्वारा स्वागत गरिएको थियाे ।
चितवन र आसपासका वरिष्ठ साहित्यकार , गजलकारहरुकाे वाक्लाे उपस्थिति रहेकाे साे गजलसङमा स्वर्गीय द्वारिका नेपालकाे याेगदानकाे चर्चा समेत गरिएको थियाे ।
द्वारिका नेपालको गत दशै समय्मा मस्तिष्कघातका कारण निधन भएकाे थियाे ।

