खुशी ‘कला’
१.
धान झुलेछ
हिँलो मैलो हटेर
आएछ दशैँ ।
२.
पारिलो घाम
खुलेको त्यो आकाश
दशैँको हर्ष ।
३.
बाँडेर खुसी
कोरोनाको वर्ष यो
दशैँ मनाउँ ।
४.
बिरानो देश
सम्झेर चाडवाड
विरक्त मन ।
५.
रून्छ प्रदेशी
रातोटिका जमरा
गाँउ सम्झेर ।
६.
शान्ति मिलोस
सभ्य बनोस दशै
शुभकामना ।
लेखनाथ पाेखरा, हाल जर्मनी

