सरस्वती पौडेल ‘सरु’
रात र बिहानी उस्तै उस्तै लाग्छ अचेल
तिमी र सिरानी उस्तै उस्तै लाग्छ अचेल।
डडेलोले जस्तै बाढीले पनि गाउँ खादा,
आगो र पानी उस्तै उस्तै लाग्छ अचेल। न
ाच्ने र नचाउने अजिबको खेल देख्दा,
ठेकी र मदानी उस्तै उस्तै लाग्छ अचेल।
ठूलो उम्काउने सानो फसाउने कानुन हुदाँ,
दूध र चौलानी उस्तै उस्तै लाग्छ अचेल।
प्रेममा नबौलाउ प्रिय ढिपी गर्नुको हद हुन्छ,
तिम्रो र बच्चाको बानी उस्तै उस्तै लाग्छ अचेल।
रहरै नसकिदै जाने, गएपछी कहिले नफर्कने,
खोला र जवानी उस्तै उस्तै लाग्छ अचेल।
भरतपुर -५, चितवन

