- छविलाल खड्का
एउटा आयाे । भटमासकाे बीउ राेप्याे । भन्याे – “पुरानाे बाली भटमास । माटाे सुहाउँदाे, देश सुहाउँदाे बाली । एक छत्र राज गर्छ । यसैकाे बाेलबाला हुन्छ ।” मल जल पाए माटाेकाे काम हुर्काउने हाे । हुर्कियाे ।
अर्काे आयाे । भटमासकाे नानाथरी आलाेचना गर्याे । हुनुसम्म दाेहाेलाे काड्याे । जमाना अनुसार नयाँ नयाँ बीउ राेप्ने प्रस्ताव गर्याे । मैले स्वीकारें । उसले मकै,गहुँ, धान ……….. राेप्याे । यसकाे विशेषताका बारेमा लामै चर्चा गर्याे । मेराे काम हुर्काउने, हुर्काएँ ।
पुन: धान र घैया आए । भनें – मकै, गहुँ, धान राेप्दा प्रतिस्पर्धा बढ्याे । कसैकाे बर्चस्व नहुँदा सबैकाे पहिचान गुम्ने डर भयाे । अब यसरी हुँदैन । हामी मिलेर आयाैं । हाम्राे बीउ राेपाैं । सबै जनताले भातै भात खाने छन् ।” हाे जस्ताे लाग्याे । धान र घैयाकाे हाइब्रिड फलाएँ । करिब करिब सबै जनतालाई पुग्ने फल्याे ।
पपट्टाे र दम्दराेबिच सिंगाैरी चल्दा भात खानेले खान नपाएकाे हल्ला चल्याे । “याे माटाे जाँच गर्नु पर्याे । गतिलाे माटाे नाईं ।” केहीले माटाेलाई दाेषी देखाएर आफू पानीमाथि अेाभानाे हुन खाेजे । यस्तै यस्तै कुराले माटाेकाे कन्सिरी तात्याे र भन्याे – ” यी यत्रा माटाे जाँच ! असली बीउ राेप न । खालि बैगुनी बैगुनी बीउ राेप्ने अनि माटाेकाे दाेष ! ”
काेहलपुर

