- छविलाल खड्का
श्रीधर बाजेकाे किरिया कर्म सकेर कान्छाकाे परिवार सहर फर्कियाे । सात वर्षे छाेराे संस्कारले टिभी खाेल्याे । कार्टुन लायाे । सधैं खुसी हुने संस्कार आज के के नपुगे झै । काँडाले कता कता घाेचे झै मलिन भाव भङ्गीमा बस्याे ।
गाउँमा फेसबुक चलाउन नपा’की संस्कारकी मम्मी हाइसञ्चाे मान्दै फेसबुकमा घाेप्टाे परिन् । उनलाई ससुरा बितेकाे घटना, पैत्रिक सम्पति, सासू आमाकाे अवस्था आदि केही कसैले छाेएन । कान्छाे भने अलि मलिन छ । केही हेर्दै ऊ साेच्छ – “दाइ गाउँमै छ । आमालाई फकाएर सम्पति हत्याउने पाे हाे कि ! म ठगिने हाे कि ! ”
संस्कारले साेध्याे – “बाबा, हाम्राे बैनी खाेई ?” अचम्म मान्दै बाबा – “छैन । किन ?” संस्कार – “हजुरका पनि दिदी- बैनी रहेछन् । मेराे साथीका पनि बैनी छन् । तर मेरा छैनन् ।” ” याे ट्वन्टी फस्ट सेन्चुरी हाे । सानाे परिवार सुखी परिवार । धेरै संख्या भएर केही हुँदैन । ट्यालेन्ट हुनुपर्छ । हाम्राे त छाेरा भने नि छाेरी भने नि तिमी हाै बाबू ।” छाेरालाई सम्झाउँदै थियाे ।
“बैनी चाहिन्छ के बाबा । मेरा लागि मात्र नभएर हजुरहरुका लागि पनि चाहिन्छ ।” संस्कारले जिद्धी गर्याे । ” किन चाहियाे हामीलाई ?” बाबू । “छाेरी नभएपछि हजुर मर्दा कसले काँध हाल्छ ?” संस्कारकाे जिज्ञासा थियाे ।
काेहलपुर, बाँके
