मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका २ मा चक्कु प्रहार गरेर दुईजना युवा फरार भएका छन् ।
बागमती प्रदेशको अर्थ मन्त्रालय गेटैमा सामान्य भनाभनपछि हातपात भएको थियो । भनाभनपछि हेटौंडा ५ सिँचाई टोल बस्ने अन्दाजी ३५ बर्षको दानिल न्यौपानेलाई चक्कु प्रहार गरेर हेमन्त थापा मगर र असिम बर्तौला फरार भएको प्रहरीले जनाएको छ ।
घटनाको कारणमाथी अनुसन्धानको भैरहेको र घाइतेको मकवानपुर सहकारी अस्पतालमा अस्पतालमा उपचार भई रहेको बताईएको छ । घाइते न्यौपानेको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ । न्यौपानेको कन्चट, कोखालगायको भागबाट रगत बगेको देखेको प्रत्यक्षदर्शीले बताए ।
बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालय गेटैमा दुईपक्षबिच हानहान भएको थियो । मन्त्रालयसंगै रहेको पुनरावेदन अदालत पाटन हेटौंडा इजलास, जिल्ला अदालत मकवानपुर,जिल्ला मालपोत कार्यालयमा सुरक्षाकर्मी खटिरहेको अवस्थामा घटना भएको हो । प्रदेशको मुख्यमन्त्रीको क्वाटर घटना स्थलबाट २० मिटरको दुरीमा छ ।
कतार विश्वकप: सेमिफाइनल खेल मंगलबारबाट
Tags: No Comments
मकवानपुर । २२ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तरगत सेमिफाइनल खेल मंगलबारबाट हुने भएको छ । आइतबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलबाट फ्रान्स विजयी भए पछि सेमिफाइनल समीकरण पूरा भएको हो ।
कतारमा जारी विश्वकपमा यसपालि साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलको यात्रा तय गरे ।
कतार विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाको प्रतिस्पर्धा मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४-२ ले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो । त्यस्तै, क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर सेमिफाइनल प्रवेश गरेको हो ।
त्यस्तै, दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्स बिछ हुनेछ । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा सुरु हुनेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । शनिबार भएको क्वाटरफाइनल खेलबाट मोरक्को सेमिफाइनल प्रवेश गरेको छ । पोर्चुगललाई १-० ले हराउदै मोरक्को सेमिफाइनल प्रवेश गरेको हो ।
मकवानपुर । मकवानपुर ईन्द्रसरोबर गाउंपालिका वडा नम्बर ३ ज्यामिरे बस्ने ३५ बर्षिया सरस्वती वाईवाको शब फेला परेको छ । गत शुक्रबारदेखि बेपत्ता रहेकी सरस्वतीको शब फेला फरेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ठुलो कान्छा वाईबाको घरबाट अन्दाजी ५० मिटर पर बारीमा अनुहार र कपाडाको केही मात्र भाग देखिने गरि खाल्डोमा पुरिएको अवस्थामा सरस्वतीकाे शव फेला परेको थियो ।
शवलाई खाल्डोबाट निकालेर मुचुल्का तयार गरि हेटौडा अस्पताल ल्याईएको र घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटाैडा उपमनपा-१० बसपार्कमा रहेका फलफुल तथा तरकारी व्यवसायीहरुलाइ हेटाैडा १ महादेव टाेल स्थित ३६ कट्ठा जमिनमा निर्माण गरिएको १०७ वटा स्टलमा सार्न आज उद्घाटन गरिएको हो । अब यहांको ७३ वटा हाेलसेल ३३ वटा खुद्रा स्टलहरुको रूपमा यहाबाट तरकारी तथा फलफूल खरिद बिक्री गरिनेछ ।
हेटाैडा नगरका पुर्व प्रमुख हरि वहादुर महतकाे कार्यकालमा मिति २०७८ कात्तिक १४ गतेबाट निर्माण कार्य सुरु गरिएको उक्त स्टलहरू एक बर्षमा निर्माण सम्पन्न गरिएको हो । बजार निर्माणको लागि हालसम्म करिव ३ कराेड लागनि भैसकेकाे छ।
उक्त क्षेत्रकाे गहिराे भुभाग उठाउनका लागि मात्र ४ हजार टिप ग्राभेल प्रयाेग भएकाे तरकारी तथा फलफूल व्यवासायी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले बताए ।
स्टलहरूको उद्घाटन कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामाले हेटाैडामा प्रदेश स्तरीय तरकारी थाेक बजार व्यवस्थापन गर्ने याेजना साकार भएकाे बताइन् । आगामी दिनमा मासुको लागि खसी बजार समेत यहि क्षेत्रकलाग आसपासमा व्यवस्थापन गर्ने याेजना रहेकाे लामाले बताइन् ।
हेटौंडाको मुख्य राजमार्ग बिस्तार रोकेर बाईपास सडक निर्माण हुंदा यो बजार मुख्य हाईवेमा पर्ने छ । यो बाइपास राेड प्रयाेगमा आउदा वजारकाे ट्राफिक समस्या समेत समाधान हुने र दुर्घटना व्यवस्थापन गर्ने लगायतमा समेत सहयोग हुने उनले बताइन् ।
त्यसैगरि कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले दुर्व्यसनिहरुकाे भिड रहने यस स्थललाई कृषि पर्यटनसंग जाेडेर नमुना तरकारी व्यावसाय स्थल निर्माण गरेकाे बताए । स्थानिय उत्पादनलाइ जाेड दिएर स्थानिय कृषकहरुकाे उत्पादनकाे बजारिकरण गर्ने, नगरपालिकाकाे दायित्वमा यस क्षेत्रकाे थप विस्तार गर्ने, हरेक व्यवसायीलाई व्यवस्थित बनाउदै लैजाने बानियाँले बताए ।
हेटाैडा उपमहानगरपालिका १ महादेव टाेल स्थितमा नेपाल फलफुल तथा तरकारी व्यापारी संघकाे आयाेजनामा संघ र हेटाैडा उपमहानगरपालिकाकाे संयुक्त लगानिमा हेटाैडा उपमनपा-१ स्थित नयाँ निर्माण स्टलकाे उद्घाटन गरिएको हो ।
मकवानपुर । कतारमा जारी विश्वकप २०२२ मा शनिबार भएको क्वाटरफाइनल खेलबाट मोरक्को सेमिफाइनल प्रवेश गरेको छ । पोर्चुगललाई १-० ले हराउदै मोरक्को सेमिफाइनल प्रवेश गरेको हो ।
मोरक्कोलाई सफलता दिलाउन युसुफ एन नेस्रीले ४२औं मिनेटमा अतिहा अल्लाहको पासमा निर्णायक गोल गरे । मोरक्कोले नयाँ इतिहास रच्दै विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको खेलको इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि बाहिरिएका थिए । दश खेलाडीमा सिमित मोरक्कोले पोर्चुगललाई घर पठाएको हो ।
मोरक्कोले अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गरेको थियो । त्यसक्रममा क्वाटरफाइनलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गर्यो । मोरक्कोले फ्रान्स र इंग्ल्याण्डबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।
