मकवानपुर । हेटाैडा उपमनपा-१० बसपार्कमा रहेका फलफुल तथा तरकारी व्यवसायीहरुलाइ हेटाैडा १ महादेव टाेल स्थित ३६ कट्ठा जमिनमा निर्माण गरिएको १०७ वटा स्टलमा सार्न आज उद्घाटन गरिएको हो । अब यहांको ७३ वटा हाेलसेल ३३ वटा खुद्रा स्टलहरुको रूपमा यहाबाट तरकारी तथा फलफूल खरिद बिक्री गरिनेछ ।
हेटाैडा नगरका पुर्व प्रमुख हरि वहादुर महतकाे कार्यकालमा मिति २०७८ कात्तिक १४ गतेबाट निर्माण कार्य सुरु गरिएको उक्त स्टलहरू एक बर्षमा निर्माण सम्पन्न गरिएको हो । बजार निर्माणको लागि हालसम्म करिव ३ कराेड लागनि भैसकेकाे छ।
उक्त क्षेत्रकाे गहिराे भुभाग उठाउनका लागि मात्र ४ हजार टिप ग्राभेल प्रयाेग भएकाे तरकारी तथा फलफूल व्यवासायी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले बताए ।
स्टलहरूको उद्घाटन कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामाले हेटाैडामा प्रदेश स्तरीय तरकारी थाेक बजार व्यवस्थापन गर्ने याेजना साकार भएकाे बताइन् । आगामी दिनमा मासुको लागि खसी बजार समेत यहि क्षेत्रकलाग आसपासमा व्यवस्थापन गर्ने याेजना रहेकाे लामाले बताइन् ।
हेटौंडाको मुख्य राजमार्ग बिस्तार रोकेर बाईपास सडक निर्माण हुंदा यो बजार मुख्य हाईवेमा पर्ने छ । यो बाइपास राेड प्रयाेगमा आउदा वजारकाे ट्राफिक समस्या समेत समाधान हुने र दुर्घटना व्यवस्थापन गर्ने लगायतमा समेत सहयोग हुने उनले बताइन् ।
त्यसैगरि कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले दुर्व्यसनिहरुकाे भिड रहने यस स्थललाई कृषि पर्यटनसंग जाेडेर नमुना तरकारी व्यावसाय स्थल निर्माण गरेकाे बताए । स्थानिय उत्पादनलाइ जाेड दिएर स्थानिय कृषकहरुकाे उत्पादनकाे बजारिकरण गर्ने, नगरपालिकाकाे दायित्वमा यस क्षेत्रकाे थप विस्तार गर्ने, हरेक व्यवसायीलाई व्यवस्थित बनाउदै लैजाने बानियाँले बताए ।
हेटाैडा उपमहानगरपालिका १ महादेव टाेल स्थितमा नेपाल फलफुल तथा तरकारी व्यापारी संघकाे आयाेजनामा संघ र हेटाैडा उपमहानगरपालिकाकाे संयुक्त लगानिमा हेटाैडा उपमनपा-१ स्थित नयाँ निर्माण स्टलकाे उद्घाटन गरिएको हो ।

