मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका २ मा चक्कु प्रहार गरेर दुईजना युवा फरार भएका छन् ।
बागमती प्रदेशको अर्थ मन्त्रालय गेटैमा सामान्य भनाभनपछि हातपात भएको थियो । भनाभनपछि हेटौंडा ५ सिँचाई टोल बस्ने अन्दाजी ३५ बर्षको दानिल न्यौपानेलाई चक्कु प्रहार गरेर हेमन्त थापा मगर र असिम बर्तौला फरार भएको प्रहरीले जनाएको छ ।
घटनाको कारणमाथी अनुसन्धानको भैरहेको र घाइतेको मकवानपुर सहकारी अस्पतालमा अस्पतालमा उपचार भई रहेको बताईएको छ । घाइते न्यौपानेको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ । न्यौपानेको कन्चट, कोखालगायको भागबाट रगत बगेको देखेको प्रत्यक्षदर्शीले बताए ।
बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालय गेटैमा दुईपक्षबिच हानहान भएको थियो । मन्त्रालयसंगै रहेको पुनरावेदन अदालत पाटन हेटौंडा इजलास, जिल्ला अदालत मकवानपुर,जिल्ला मालपोत कार्यालयमा सुरक्षाकर्मी खटिरहेको अवस्थामा घटना भएको हो । प्रदेशको मुख्यमन्त्रीको क्वाटर घटना स्थलबाट २० मिटरको दुरीमा छ ।

