मकवानपुर/ नेकपा माओवादी केन्द्रका हेटौंडा नगर सचिवालय सदस्य विशाल तितुङ्ग नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रबेश गरेका छन् । हेटौंडा १५ का नेता तितुङ्ग जनयुद्ध कालदेखि माओवादी केन्द्रमा सक्रिय रुपमा काम गर्दै आइरहेका थिए ।
नेता तितुङ्गलाई नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले एमाले पार्टी कार्यालय सानोपोखरामा टीका र माला लगाएर स्वागत गरेका छन् । स्वागत कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य सुनिल मोक्तान, नवीन सिग्देल, जिल्ला कमिटी सदस्य तथा युवा संघका स्थायी कमिटी सदस्य सन्तोष चौलागाईं, एमाले जिल्ला कमिटि सदस्य शिबहरि दाहाल, युवा संघ मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती, एमाले जिल्ला कमिटी सद्स्यहरु इन्द्रमान लामा, बिश्व राइ, सानू लामा, चन्द्र शाही, कृष्ण लामिछाने, एमाले नगर अध्यक्ष शालिकराम पुडासैनी, सचिन लामा, प्रेस चौतारी नेपाल मकवानपुरका सहसंयोजक पुष्पराज अधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

एमाले प्रवेश गरेका तितुङले आफूले माओवादी परित्याग गरि पार्टीको मुलधारमा आएको बताए । उनले कम्युनिस्ट आन्दोलनलाई अझ बलियो बनाउन नेकपा एमालेमा प्रवेश गरेको र एमालेको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताए ।
विभिन्न समय र कालखण्डमा फरक पार्टीको आस्थामा थिए होला, अब पार्टीको मुलधार नै यही हो भनेर एमालेमा प्रवेश गरेको छु, अब ढुक्क छु’ तितुङ्गले भने ।
