मकवानपुर । हेटाैडामा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नं. ५ र वडा नं. १३ प्रवेश गरेका छ । हेटौंडाको हुप्राचौरमा बिहिबार भएको खेलमा वडा नं.५ ले वडा नं.६ लाई र वडा नं. १३ ले वडा नं. ११ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो खेलमा वडा नं. ५ ले वडा नं. ६ लाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । वडा नं. ५ लाई जित दिलाउको लागि सुरज बिष्ट, संजय श्रेष्ठ र टिका चौलागाईंले एकएक गोल गरे । वडा नं. ५ का सुरज बिष्ट म्यानअफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा वडा नं. १३ ले वडा नं. ११ लाई २–० गोल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । वडा नं. १३ का लागि दिपक थिङ्गले खेलको २८ औँ मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाउँदा दोस्रो गोल भने दोस्रो हाफको ४९ औँ मिनेटमा उपहार पायो ।
उक्त आत्मघाती गोलसंगै वडा नं. १३ ले खेल २–० ले जितेको हो । खेलको म्यानअफ द म्याच वडा नं. १३ कै दिलिप मोक्तान घोषित भए ।
शुक्रबार क्वार्टरफाइनलका बाँकी दुई खेल हुनेछ । । पहिलो खेलमा वडा नं. १८ ले वडा नं.७ र वडा नं. १० ले वडा नं. १९ भिड्नेछ । पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । जित्ने टोलि सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

