पृथ्वीका अधिकांश रुखहरू उभिएर आकाश छुने प्रयास गर्छन्। तर यमनको सोकोत्रा टापुमा पाइने ‘ड्रागन ब्लड ट्री’ नामको रुख भने छाताजस्तै फैलिँदै बाँच्छन्।
यी रुखहरू संसारमा यही ठाउँमा मात्र पाइन्छन्। जसले सोकोत्रालाई जैविक रूपमा अत्यन्तै मूल्यवान बनाएको छ।हजारौँ वर्षको सुख्खा मौसम र कडा हावासँग जुध्दै यी रुखहरूले आफूलाई यस्तो बनाएका छन् कि वर्षाको एक–एक थोपा पानी जरासम्म पुर्याउन सकियोस् ।
रुखबाट निस्कने रातो रस औषधि, रङ र परम्परागत उपचारमा प्रयोग हुँदै आएको छ । यस्तो रस परम्परागत औषधी बनाउँन लगायत विभिन्न किसिमका सामग्री बनाउँन प्रयोग हुने गर्दछ। यसलाई स्थानीय समुदायले आम्दानीको स्रोत बनाएका छन् ।
उक्त स्थान विश्व सम्पदा सूचीमा समेत सुचीकृत छ । रुखबाट रातो रगतजस्तो रस निस्कने कारण यस्को नाम ‘ड्रागन ब्लड ट्री’ राखिएको हो।

