मकवानपुर । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले दाना उद्योगको निरीक्षण गरेकी छिन् ।
मंगलबार चितवन भरतपुर महानगरपालिका-६ स्थित चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सन्चालन गरेको उधोगको मन्त्री तामाङले निरीक्षण गरेकी हुन् । उद्योग निरीक्षणको क्रममा मन्त्री तामाङले उद्योगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । आफू सधैं उद्यमीको पक्षमा रहेर काम गर्ने बताउदै उनले भनिन् दाना उद्योगको लागि आवश्यक बजेट बिनियोजन गर्न पहल गर्छु ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दाना उद्योग सन्चालन गर्नका निमित्त दाना परीक्षण गर्न ल्याब र दाना राख्न गोदाम घरको आवश्यक रहेको बताउदै सहयोग गर्न आग्रह गरेका थिए ।
२०७८ सालमा करिब ५३ लाख लगानीमा संघले संचालन गरेको दाना उद्योगले दैनिक ८ टन दाना उत्पादन हुने गरेको बगालेले जानकारी दिए । उनका अनुसार संघले बार्षिक ७ करोडको कारोबार हुने गरेको छ ।
११४ वटा सहाकरी आबद्ध रहेको उक्त संघले जिल्लाका एक सय सहाकारीमा दाना उपलब्ध गराउने गरेको संघ ब्यबस्थापक जनार्दन पौडेलले जानकारी दिए ।