- विपिराज ढकाल
माेबाइलकाे घण्टी बज्याे। नाम हैन, नम्बरमा रहेछ। उसलाई उठाउन मन लागेन। फेरि बज्याे। फेरि बेवास्ता ।तेस्राे पटक बजेपछि रिसिभ गर्याे।`…हेल्लाे…फाेन नकाट्नुस् ल? म केही गफ गर्न चाहन्छु।´ नम्बर नयाँ भए पनि आवाज चीर परिचित। भू पू श्रीमतीको फाेन। के भन्नु कि फाेन काट्नु भयाे रमेशलाई।
प्रेम विवाह गरेका थिए उनीहरूले। एक अर्कालाई तिमी भनेर सम्बाेधन गर्थे। तर आज समिराले हजुर भनेकाे सुनेर उसलाई अनौठाे लागेकाे थियाे। `
‘हजुर बिवाह गर्न केटी खाेज्दै हुनुहुन्छ हाे’ ´
`अब गरौं जस्ताे लागेकाे छ´’
पात्रको टुंगो लाग्याे त?
´`छैन। आफूलाई मन पर्दा उताबाट स्वीकृति हुन्न, कतिपय प्रस्तावमा अाफूलाई चित्त बुझ्दैन।…´
ए´` अनि हजुरकाे? कि बिवाहकाे निमन्त्रणा दिन फाेन गर्नु भयाे?´
`जाेडि भेटिएकै छैन। हेर्नाेस् न कस्ताे अचम्म। हिजाे सम्बन्ध विच्छेद गराउन हौस्याउने हरू नै आज बिवाह गर्न याे वा ऊ पुरुषकाे प्रस्ताव गर्दै छन्।´
`त्यस्तै छ यता पनि। सायद मानवीय दाेष हाेला।
´`मैले त एउटा प्रस्ताव राख्न फाेन गरेकी। भनौं कि नभनौं ।´`
भन्नाेस् न के हाे´ मैले फेरि बिवाह गर्दा कुनै पुरुष सँगै गर्नु पर्ने र हजुरले महिला सँग हैन त? ´
`‘हाे नि त्याे त´` पात्र त भेटिएकाे छैन तर याे पटक मागि बिवाह गर्ने रहर छ ममा´।
धेरै बेर चुप रहेर …. `म भाेलि दिदीलाई हजुरकाेमा पठाउँछु नि त।´ भनेर रामेशले फाेन काट्याे।
सिन्धुली
- शुभ शर्मा
थकित शरीरलाई टुसुक्क बिसाउदै थिइन् , सन्तोषी । फोनको घण्टी बज्यो । उठाइन्। अनुहारमा बत्ती बल्यो । उनको छोराको हो भन्ने मैले अडकल काँटे । उनी मसंगै काम गर्छिन् । उनको अनुहार म सहजै पढन सक्छु । परदेशको ठाउँमा हामी एउटै होस्टेलमा बसेका छौँ ।
नाम सन्तोषी हो तर जीवनमा कहिल्यै उनले सन्तोषको सास फेर्न पाइनन् । हामी सबै कुरामा खुल्ला थियौँ तर पारिवारिक कुरामा भने उनी केही खुल्दिनथिन् । छोराको फोन आउँदा भने उनी साह्रै खुसी हुन्थिन् भन्ने मैले बुझेकी थिएँ । केही दिनपछिको कुरा हो , उनको अनुहारमा ग्रहण लागेको थियो । केही बोलीराखेकी थिइनन् ।
मैले केही दिन त सोधिँन तर निराशाको बादल लम्बिएको देखेँ । केही गर्न सक्छु कि भनेर मैले एकै सासमा सोधेँ , “ के भयो दिदी ? किन छट्पटिनु भएको? कुनै समस्या छ कि? कि सञ्चो छैन हजुरलाई ?´´ उनले गहभरि आँसु पार्दै भनिन् , “ केही दिन भयो, छोराले फोन गरेकै छैन । मैले गर्दा पनि उठाउँदैन।´´ मेरो पनि मन आत्तियो र उनको छोरालाई भिडियो कल गरेँ । अँह !उठाएन तर लगातार प्रयास गरेपछि बल्लबल्ल उठायो ।
` बाबु के भयो किन फोन नउठाएको आमाको? मैले ठाडै प्रश्न गरेँ । । उसका आँखा बोलिरहेका छन् तर ऊ मौन छ । खै ! के सम्झ्यो ? लामो सास लियो र एक्कासी झर्क्यो ,गर्नु परेको छैन फोन सोन्! उसले पहिला त मुन्टो बटार्यो तर पछि बिस्तारै ऊ मसंग खुल्यो ।
मैले सम्झाएँ ,“ तिम्रा बुबाले छोडेपछि तिम्रो भविष्यको निम्ति उनी समर्पित भइन्। तिमीबाट टाढा भएकी आमाले तिम्रो बुबा पनि बन्नु पर्यो । तिमी अब ठूलो भयौ बाबु ! तिमीले जिम्मेवारी सम्हाल्न सक्नुपर्छ ।अन्य आमाहरूलेझैँ उनी पनि तिम्रो समीपमा बस्न चाहान्छिन् । सन्तान सुखमा रमाउन चाहान्छिन् ।’
त्यसपछि मैले फोन काटेँ । एकछिनमै फोनको घण्टी फेरि बज्यो तर यसपटक मेरो होइन , उनको फोन थियो ।
पाेखरा
मकवानपुर । मीना चौलागाईको मुक्तक संग्रह ‘मुक्तक मिनार’ सार्वजनिक गरिएकाे छ । मुक्तकसागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मुक्तककार चौलागाईकाे मुक्तक संग्रह सार्वजनिक गरिएकाे हाे ।
अहिलेकाे सामाजिक परिवेश चित्रण गरी लेखिएको मुक्तक संग्रह ‘मुक्तक मिनार‘ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यत्मा सार्वजनिक गरिएकाे हो । आमसञ्चारका विभिन्न माध्यमको विकाससंगै साहित्यमा कलम चलाउनेहरुको संख्या बढेपनि गुणस्तरिय लेखनको कमी भएको अवस्थामा चौलागाईको कृतिले धेरैलाई पाठ सिकाउने घिमिरेले बताए ।
मुक्तक सङ्ग्रह आमा विषयबाट सुरु भई जिन्दगीको जोड घटाउमा टुंगीएको र समसामयिकतासँगै समाजका विविध आयामलाई चोटिलो रुपमा उतारिएको छ । पाठकको मन जित्न सक्ने खालको मुक्तक भएकोले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने पनि कार्यक्रमका वक्ताहरुले धारणा राखेका थिए ।
पुस्तक सार्वजनिक कार्यक्रममा संस्कृतविद् तिलक लुइटेल,साहित्यकार राजन सिलवाल, कृष्ण धरावासी, रामकाजी कोने, गिरिराज डल्लाकोटी, प्राज्ञ विवश पोखरेल लगायतले शुभकामना सहितका मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यमा रुचि राख्ने रञ्जिता चौलागाई, विनोद आकाश खत्री, पार्वती भट्ट लगायतले चौलागाईको केही मुक्तक वाचन पनि गरेका थिए । चौलागाईको पहिलो कृति ’मुक्तक मिनार‘ मा ३ सय ६ वटा मुक्तक समेटिएको छ ।

रञ्जना पराजुली
१.
हराएर जाला हाँसो माया गर्नेलाई घृणा गर्दा ।
सानो भुलले बोकि नासो माया गर्नेलाई घृणा गर्दा ।
हिरा फल्ने महल रोजी दियो बल्ने झुपडीलाई ,
छोड्दा लाउनु पर्ला पासो माया गर्नेलाई घृणा गर्दा ।
२.
साथी सम्झी खोलेर कुरा मन भित्रका ।
गर्दा कुरा काट्दा रहेछन आफ्नै मित्रका ।
के गर्नु र खै कुरा गरि साध्य छैन तिनका ,
पाउन्जेलका आफ्ना नपाए हुने बिचित्रका ।
३.
छटपटिएको छु म तिम्रो यादमा धेरै रात ।
सम्झिएर तिम्रा ति मिठा मिठा हरेक बात ।
कति रुवाउँछौ अब मर्यो होला रिस तिम्रो ,
आउ फकाउ नगर न पुग्यो अब तितो घात ।
४.
को भन्दा के कम जान्ने रहेछन धेरै यहाँ ।
उक्लन खोज्दा खुट्टो तान्ने रहेछन धेरै यहाँ ।
थाहै नपाइ आफ्नैले पराइ भन्दा झन धेरै ,
भित्र भित्रै छुरा हान्ने रहेछन धेरै यहाँ ।
५.
देवता मानी पुजेको ढुङ्गो फोड्न भन्दिन म ।
संगै हिडिराखेको बाटो मोड्न भन्दिन म ।
बुझी अबुझ बनेर टुक्र्याउछौ मुटु भने ,
बिर्सिएर फेरि नाता जोड्न भन्दिन म ।
इटहरी
मकवानपुर/कवि तथा व्यङ्ग्यकार बासुदेव गुरागाईं (पिँडालु पण्डित) को २ वटा भजन युटुबमा सार्वजनिक भएको छ ।
‘भेटी चढाउँ छैन प्रभु मन चढाएँ’ र ‘कृष्ण आउनु भो,हेर हेर हाम्रा अघि कृष्ण आउनु भो’ बोलका २ वटा भजन युटुबमार्फत सार्वजनिक गरिएको हो । ‘भेटी चढाउँ’ बोलको भजनमा मेनुका पौडेलले स्वर दिएकी छन् भने सङ्गित मनराजा नमर्कीले भरेका छन् ।
सर्टकट इन्टरटेन्टमेन्टले बनाएको लिरिकल भिडियोमा एरेञ्जर भुपेन्द्र रायमाझी रहेका छन् । यो भजन २०७५ सालका रेडीयो नेपालमा रेकर्ड भएको हो । यसैगरी ‘कृष्ण आउनु भो,हेर हेर हाम्रा अघि कृष्ण आउनु भो’ बोलको भजनमा गायिका सुजता बर्माले स्वर दिएकी छन् भने नकर्मीकै सङ्गित रहेको छ ।
सर्टकट इन्टरटेन्टमेन्टले नै यो लिरिकल भिडियो बनाएको हो । यो भजन भने २०७४ सालका रेडीयो नेपालमा रेकर्ड भएको थियो ।
यि दुबै भजन सङ्गितकार नकर्मीको युटबुट च्यानबाट सार्वजनिक गरिएको हो ।
कविता, मुक्तक, हाइकु तथा व्याङग्य साहित्यमा कलम चलाउँदै आएका पण्डितको भजन विधा नयाँ हो । पण्डित नेपाल सरकारको सह–सचिव पदबा सेवा निवृत कर्मचारी हुन् । अवकाश प्राप्त जीवनमा आफ्नो अधिकत समय साहित्यमा लगाउने गरेको उनले बताए । पण्डित विभिन्न विधामा कमल चलाए वापत विभिन्न संघसंस्थाहरुबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् भने दर्जनौ साहित्यक संस्थाहरुमा नेतृत्व गर्दै आएका छन् । उनले २०६४ मा बास उठेका चराहरु ( कविता संग्रह) र २०५९ सालमा नेता ‘चिरन्जिवि भव’ (व्याङ्गय कविता) बजारमा ल्याइसकेका छन् ।