मकवानपुर/कवि तथा व्यङ्ग्यकार बासुदेव गुरागाईं (पिँडालु पण्डित) को २ वटा भजन युटुबमा सार्वजनिक भएको छ ।
‘भेटी चढाउँ छैन प्रभु मन चढाएँ’ र ‘कृष्ण आउनु भो,हेर हेर हाम्रा अघि कृष्ण आउनु भो’ बोलका २ वटा भजन युटुबमार्फत सार्वजनिक गरिएको हो । ‘भेटी चढाउँ’ बोलको भजनमा मेनुका पौडेलले स्वर दिएकी छन् भने सङ्गित मनराजा नमर्कीले भरेका छन् ।
सर्टकट इन्टरटेन्टमेन्टले बनाएको लिरिकल भिडियोमा एरेञ्जर भुपेन्द्र रायमाझी रहेका छन् । यो भजन २०७५ सालका रेडीयो नेपालमा रेकर्ड भएको हो । यसैगरी ‘कृष्ण आउनु भो,हेर हेर हाम्रा अघि कृष्ण आउनु भो’ बोलको भजनमा गायिका सुजता बर्माले स्वर दिएकी छन् भने नकर्मीकै सङ्गित रहेको छ ।
सर्टकट इन्टरटेन्टमेन्टले नै यो लिरिकल भिडियो बनाएको हो । यो भजन भने २०७४ सालका रेडीयो नेपालमा रेकर्ड भएको थियो ।
यि दुबै भजन सङ्गितकार नकर्मीको युटबुट च्यानबाट सार्वजनिक गरिएको हो ।
कविता, मुक्तक, हाइकु तथा व्याङग्य साहित्यमा कलम चलाउँदै आएका पण्डितको भजन विधा नयाँ हो । पण्डित नेपाल सरकारको सह–सचिव पदबा सेवा निवृत कर्मचारी हुन् । अवकाश प्राप्त जीवनमा आफ्नो अधिकत समय साहित्यमा लगाउने गरेको उनले बताए । पण्डित विभिन्न विधामा कमल चलाए वापत विभिन्न संघसंस्थाहरुबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् भने दर्जनौ साहित्यक संस्थाहरुमा नेतृत्व गर्दै आएका छन् । उनले २०६४ मा बास उठेका चराहरु ( कविता संग्रह) र २०५९ सालमा नेता ‘चिरन्जिवि भव’ (व्याङ्गय कविता) बजारमा ल्याइसकेका छन् ।

