हामी मेन ईंगेज एलायन्स यस बर्षको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान घरबाटै शुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्नेमुल नाराका साथ पुरुषवर्ग सहितका सरोकारबालाहरुसंग सहकार्य गर्दै र सार्थक समन्वयको लागि आग्रह गर्दै मनाईरहेका छौ । लैगिंक रुपमा समाजमा देखा परेको समस्यालाई केलाएर बिशेष गरि पितृसत्तात्मक सोचका कारण समस्यामा परेकाहरुको बिक्षिप्ततालाई अन्त्यगर्न यो अभियान बरदान साबित भएको हामीले महशुस गरेकै कारण यस अभियानमा धेरै अभियन्ताहरु कृयाशिल हुनु भएको हो । लैगिंक हिंसा बिशेष गरि महिला हिंसा अन्त्यगर्न पुरुष बर्गको सार्थक सहभागिता अपरिहार्य रहेको छ ।
यसै परिबेशलाई हाम्रो थाकथलोमा नियाल्दा हामी पाउने गर्छौ कि ”घरायसि तथा सामाजिक परिबेशमा शक्ति हत्याउने पुरुष तथा महिलाले जुनसुकै सामाजिक तथा आर्थिक स्तर, उमेर र जातिका महिलालाई मानसिक, शारिरीक र यौनिक कष्ट भोग्नु परेको यर्थाथलाई दृष्टिगत गरेकै कारण पुरुष वर्गलाई समेत समेटि अभियानमा कृयाशिल हुन आग्रह गरिएको हो । पुरुषबर्गलाई परिचालनगरि यस्तो हिसा अन्त्यगर्न, अपांगको अधिकार स्थापित गर्न, यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकार प्राप्तीका लागि मेन ईंगेज एलायन्स नेपाल कृयाशिल छ । अझ शसक्त रुपमा अधि बढ्न सरोकारवालाहरुको समन्वय र सहकार्यको अपेक्षा गरेको छ ।
नेपालको संविधान २०७२ को धारा ३८ मामहिलाको अधिकार का बारेमा प्रष्ट लेखिएता पनि महिलालाई राजनितिमा पछाडि पारिएको छ । महिला, अपांगता भएका, यौनिक तथा लैगिंक अल्पसंख्यकको शैक्षिक अवस्था दयनिय रहेको पाईन्छ । आर्थिक रुपमा विपन्न छन् । पहँुचको अबस्था न्यून छ । महिला र पुरुषको समान कामको समान ज्याला दिईदैन । लै·िकतामा आधारीत हिंसा मानव अधिकारको उल्लंघन तथा एक अपराधिक कार्य हो भन्ने सबैले बुझ्न जरुरी छ । यसले महिलाको समग्र विकाश , सुरक्षा र सामाजिक जीवनमा गम्भिर असर पर्ने गरेको देख्न सकिन्छ ।
महिला हिसां बिरुद्धको सचेतना बढनुको सट्टा महिलामाथि हुने भेदभाब र हिंसाले समाजमा ब्यापकता पाईरहेको अवस्था छ । लै·िकतामा आधारीत हिंसाका लागि गरिबि, अशिक्षा, कुरिति, कुसंस्कार, पितृसत्तात्मक सोच, असमानता र सामाजिक न्यायको अभाव नै कारक तत्वको रुपमा रहेको पाईएको छ ।
जानीनजानी हामी स्वयं पनि हाम्रो घर परिवारमै पनि लैगिंक हिंसाको घटनाबाट मर्माहत हुन पुगिरहेका हुन्छौ । यो सबैमा परिरहेको समस्याहो अर्थात घरघरको कहानी हो भन्नुमा अत्युक्तिन होला । लैङ्गिकतामा आधारित हिंसाले महिलाको स्वास्थ्यमा गम्भिर असर पर्ने हुदा यसको बिरुद्धमा सबै क्षेत्रका मानिसहरु खासगरि पुरुष बर्गको सहभागिता आवश्यक ठानिएको छ । हाम्रो समाजमा भएको लैङ्गिक विभेदको तितो अनुभुतिबाट हामी सबै प्रताडित छौ । यसका बिरुद्ध मकवानपुरमा झण्डै ३ दर्जन संस्था तथा संजाल कृयाशिल छन् ।
नेपालभित्र पनि लैङ्गिकतामा आधारीत हिंसा अन्त्यका लागी कानुनी प्रावधान छ । नेपालको संविधान २०७२ को धारा ३८ महिलाको अधिकारमा भएको ब्यवस्था र घरेलु हिंसा (कसुर तथा सजाय ) ऐन २०६६मा भएको कानुनि ब्यवस्था राम्रो छ तर कायान्वयन को पक्ष फितलो छ । यस बमाजिम के के भए र कतिले न्याय पाए भन्ने सवालमा कार्यान्वयन प्रक्ष त्यति सन्तोषजनक पाईदैन । यसो हुनुमा हाम्रो कृयाशिलताको पक्ष र पुरुष बर्गलाई कत्तिको सार्थक सहभागितागर्न सकियो भन्ने पनि रहन्छ ।
यसकालागि संघिय, प्रादेशिक र स्थानीय सरकारले बिशेष योजनाल्याएर कार्य प्रारम्भ गर्न ढिलो भएको अनुभुती गरिएको छ । सरकार र नागरिक समाज एकै ठाउंमा उभिएर योजनाबद्ध कार्य गरेमा मात्र यसले सार्थक उपलब्धि पाउन सक्दछ ।
लैङ्गिकतामा आधारीत हिंसा अन्त्यका लागि मेन ईगेज एलायन्स पनि नेपालमा कृयाशिल छ । यो एलायन्स २००७ मा गठन भएको हो । लै·िक हिंसा अन्त्य, लैङ्गिक समानताको स्थापना तथा समाजमा बिध्यमान नकारात्मक पुरुषत्वको रुपान्तरणमा भूमिका खेल्ने ध्येयका साथ कृयाशिल ब्यक्ति तथा संगठनहरुको साझा संजाल हो । यसको गठन भएपछि विभिन्न महिला हिसां बिरुद्ध कृयाशिल पुरुष र युवा लगायतका ब्यक्ति र संस्थाहरु एकिकृत भई महिला हिसां विरुद्धको अभियानमा एक जुट हुन सकेका छन् ।
सेतो रिबन अभियान, महिला हिसां बिरुद्धको १६ दिने अभियान जस्ता लै·िक हिसां बिरुद्धको अभियानमा महिलासंगै पुरुष तथा युवाहरु हातेमालो गर्ने क्रम बढिरहेको छ । पुरुष तथा युवाहरुलाई हिसां बिरुद्ध उभ्याउन तथा उनीहरुको सकारात्मक भूमिका अभिबृद्धि गराउन यो संजाल उपलब्धिमुलक देखिएको छ । सन् २०१० लाई महिलाहिसां बिरुद्धको हिसां अन्त्यको बर्ष घोषणा गर्ने नेपाल सरकारको निर्णयका लागि पनि यो एलायन्सले महत्वपुर्ण भुमिका निर्बाह गरेको थियो ।
नेपाल सरकारको लैङ्गिक हिंसा अन्त्य सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई सफल बनाउन एलायन्सले महत्वपुर्ण कार्यहरु गर्दै पनि आईरहेको छ । एलायन्सले गर्ने कार्यहरु यस प्रकार छन् । १. महिलातथाकिशोरिहरु बिरुद्धको हिसां अन्त्यगर्ने, २. यौनिक अल्पसंख्यकका अधिकारका लागि वकालत, ३. पुरुष तथा युवाहरुको बिचमा हुने हिसां न्युनिकरण ४. बाल यौन शोषण, यौन दुब्र्यबहार, तथामानब बेचबिखनको रोकथाम र नियन्त्रण ५. लैङ्गिक हिसांलाई प्रश्रय दिने यीनिहरुको परिबर्तन ६. मातृ तथाबाल स्वास्थ्मा बाबु तथा हेरचाहकर्ताको रुपमा पुरुषको सकारात्मक भूमिकाको प्रबद्र्धन । जस्ता कार्यहरु मेन ईगेज एलायन्सले गर्ने गरेको छ ।
महिला हिसां बिरुद्ध अन्रतराष्ट्रिय दिवसका अवसरमा हामी मेन ईगेज एलायन्स निम्न सन्देश दिन चाहन्छौ:
१.लैङ्गिकताको आधारमागरिने हिसां अमानवीय तथा दण्डनीय अपराधहो ।
२.लैङ्गिक हिसां बिरुद्धको कानुनको प्रभावकारी कार्यान्वयनका लागि पुरुष तथा युवाको सकारात्मक भूमिका अपरिहार्य हुन्छ ।
३.लैङ्गिक हिसांको घटना भए गरेको थाहा भएमा त्यस बारेमा सम्बन्धित निकायमा यथा सक्य छिटो उजुरी गर्नु वा उजुरी गर्न पीडितलाई आवश्यक सहयोग पु-याउनु प्रत्येक ब्यक्तिको कर्तब्यहो ।
४. लैङ्गिक हिसांका घटनामा संलग्नलाई फौजदारी जबाफदेहिताबाट उम्काउने प्रयास गर्नु वा पीडित लाई न्याय खोज्नबाट हतोत्साहित गर्नु आफैमा गैरकानुनि कार्य हो ।
५. लैङ्गिक हिसां अन्त्यका लागि कानुन हुनु मात्रै पर्याप्त हुदैन । अन्य चेतनामुलक समाजिक अभियान पनि संगसंगै लानु पर्दछ ।
हामीले कामगरिरहदा यदाकदा तितो अनुभुति पनि रहेको छ । अपागंको अधिकारको बारेमा सघन रुपमा कुरा उठन नसक्नु, यौनिक तथा लैगिंक अल्प संख्यकका पिडा उपर खासै बहस हुननसक्नु, अनलाईनमा किशोरिहरु यौन दुर्व्यवहारको शिकार हुने गरेको, बालबिबाहका कारण बालिकाहरु हिंसामा परिरहेको, बिपदमा बालिका झन हिंसामा परिरहेको, बिशेष गरि महिला हिंसा बिरुद्धको अभियान १६ दिन मात्र गर्ने तर अरु बेलाखासै कुरा नउठने, महिनावारी स्वच्छता ब्यबस्थापन प्रभावकारी रुपमा हुन नसक्नु जस्ता घटनाले सकारात्मक सामाजिक रुपान्तरण ढिलो हुने गरेको अनुभुतिभएको छ ।
महिला हिंसा अन्त्यकालागि र सामाजिक रुपान्तरणका लागि कानुन मात्रै अचुक औषधि होईन यसमा सामाजिक रुपान्तरणको खाँचो छ । त्यसैले लैङ्गिक हिंसा अन्त्यका लागि वर्तमान कानुनको बारेमा सचेतना जगाउदै पुरुष र युवाहरुको भूमिकामा उल्लेख्य बृद्धि गर्नु पर्ने हुन्छ । पुरुष बर्गलाई परिबर्तनको संबाहक बनाउदै आफू पनि हिंसा नगर्ने र अरुलाई पनि हिसां गर्न रोक्ने अभियानमा कृयाशिल बनाउनु पर्ने आजको आवश्यकता हो।
यसका लागि बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिती, स्थानिय पालिकाहरुले पुरुष वर्गलाई जिम्मेबार बनाउने कार्यलाई तिव्रता दिने बेला आएको छ । पुरुष वर्गको सार्थक सहभागिता, समन्वय र सहकार्यबाट लैगिंक हिंसा अन्त्य गर्न सकिन्छ । त्यसैले आऔ लैङ्गिक हिंसा अन्त्यगर्न सहभागि बनौ ।
मकवानपुर /बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बजार घर भएकी १४ वर्षीया बालिकालाई बेचिदै गर्दा उद्वार गरिएको छ ।
बेचविखनमा संलग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियमन्त्रणमा लिएर हिरासतमा राखेको छ । विगत ३ महिनादेखि बालिकालाई विभिन्न प्रलोभनमा पार्दै आएको र २० मंसिरमा घरबाट भारतको लागि प्रस्तान गर्दै गर्दा परिवार समेतको संलग्नतामा प्रहरी, माइती नेपाल र साना हातहरु नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्वार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको जाहेरी अनुसार सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ८ कमाने सनउड कोलनी बस्ने ति बालिकालाई उद्वार गरिएको थियो ।
आरोपित ३ जनालाई मानव बेचबिखन तथा ओसार पसार कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बेचविखनमा संलग्न रहेको आरोपमा प्रहरीले पर्सा जिल्ला जिराभवानी गाउँपालिका– ८ घर भई हाल हेटौडा उउपमहानगरपालिका –८ मा कमानेमा डेरा गरी बस्ने ५२ को मादाराज हजरा दुसाद र सोही स्थानमा बस्ने निजकै छोरा २६ वर्षीय बिजय पासवानलाई नियन्त्रणमा लिएको छ । यसैगरी सोही मुद्दमा प्रत्यक्ष संलग्न भएको आरोपमा भारत विहार वेतिया जिल्ला राजपूर वडा –४ सुभद्रा थाना बस्ने ३६ वर्षीय राजेन्द्र महतोलाई पनि नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ ।
आरोपित बिजय र मादाराजले बालिकालाई ३ महिना पहिलादेखि भारत वेतियामा विवाह हुने ठाउँमा डान्स गर्ने काम लगाई दिने र त्यस बापत मासिक आईसी १० हजार तलब दिने भनेर प्रलोभनमा पार्दै आएको बालिकाले जाहेरीमा बताएकी छिन् ।
करिब एक हप्तादेखि दैनिकजसो आर्थिक प्रलोभनमा पार्दै आएको र राजेन्द्र महतोलाई भारत बेतियाबाट हेटौंडा बोलाएर बालिकालाई पठाउने तयारी गरिएको जाहेरीमा उल्लेख छ । बिजय र मादाराजले हेटौंडा बोलाएपछि राजेन्द्रलाई १९ मंसिरमा आफ्नै डेरामा बास बसाएका थिए । आरोपित ३ जनाले बालिकालाई चितवन जिल्ला हुदै ठोरीबाट भारत वेतियामा लगि बेच बिखन गर्ने योजना सोही रात बनाएका बुझिएको छ । २० मंसिरको विहान ८ बजे घरबाट झोला बोकी घर बाहिर निस्कन लाग्दा बालिकाको आमाले सोधिखोजि गरेपछि घटना बाहीरीएको थियो ।
आर्थिक रुपमा विपन्न ति बालिकाको बुबा निर्माण मजदुर हुन । आमा अरुको घरमा सरसफाइको काम गर्ने र स्वयम बालिका पनि बालश्रममा संलग्न हुँदै आएको पाइएको छ । आर्थिक विपन्नताकै कारण कक्षा ८ सम्म पढेर स्कुल छोडि काममा लागेको बालिकाले बताइन् । ‘अरुको घरमा काम गरेर बस्नु भन्दा राम्रो तलब पाइने भए, परिवारभन्दा टाढा बस्न परे पनि बस्छु भन्ने लाग्यो’ ति बालिकाले भनिन् । उद्वारपछि बालिकालाई माइती नेपाल मकवानपुरको संरक्षणमा राखिएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । मंसिर २३ गतेको सहीखबर साप्ताहिकको पृन्ट संस्करणबाट
मकवानपुर/लैङ्कि हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत जनप्रतिनिधि र गैरसरकारी संस्था बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।
मैत्रीपूर्ण फुटसलमा पुरुषतर्फ जनप्रतिनिधि समुहले गैसस समूहलाई पराजीत गरेको छ। जनप्रतिनिधि समूहले गैसस समूहलाई ६-४ गोल अन्तरले जित हासिल गरेको हो ।
यसै गरी महिला तर्फ गैरसरकारी संस्थाले जित हासिल गरेका छन् । महिलतर्फको खेलमा गैसस समूहले जनप्रतिनिधि समूहलाई ३-0 गोल अन्तरले जित हात पारेको हो ।
खेलको उद्घाटन कार्यक्रममा बागमती प्रदेशको पूर्व सामाजिक विकास राज्य मन्त्री जुनेली श्रेष्ठले खेलले व्यक्तिलाई उर्जा प्राप्त हुने र त्यो उर्जा हिंसा विरुद्ध अभियानमा लाग्न बल पुग्ने बताइन् । हिंसा विरुद्धको अभियानमा संधै साथसाथ लागि पर्ने जनप्रतिनिधि र गैरसरकारी संस्था बिच मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउन यो खेल प्रभावकारी भएको सहभागीहरुले बताए ।

१६ दिने अभियान अन्तरगत मानव अधिकार संरक्षण तथा मानव वेच विखन विरुद्धको जिल्ला सञ्जालको आयोजनामा कार्यक्रम गरिएको थियो । फुटसलमा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, भीमफेदी गाउँपालिका उपप्रमुख पार्वती राना, हेटौंडा उपमहानरपालिकाको विभिन्न वडाका वडा सदस्यहरु तथा मनहरी गाउँपालिकाकाे कार्यपालिका सदस्यहरुले निकै रोक खेल खेलेका थिए ।
यसैगरी गैरसरकारी संस्था अन्तरगतको महिला तर्फ माईती नेपाल, नारी सीप सृजना केन्द्र, ग्रामिण महिला सेवा केन्द्र, शान्ति फाउण्डेसन, हिरण्डे नेपाल, सिविन नेपाल, हिमराइटस मकवानपुर, आइ भि डि एस, महिला सेल, अस्मिता नेपालको सहभागीता रहेको थियो ।

यसैगरी पुरुष खेलाडी तर्फ बाल कल्याण समाज, नारि सीप सृजना केन्द्र, नारी संरक्षण केन्द्र, साना हातहरु नेपाल, ग्रामिण महिला सेवा, एस्तर बेञ्जामिन, सिविन नेपाल, अस्मिता नेपालको सहभागीता रहेको थियो । विजयी समूहलाई अभियान समापनकाे दिन ट्रफि प्रदान गरिने सञ्जालले जनाएकाे छ ।

मकवानपुर । थाहा नगरपालिका हुप्रचौरमा जारी अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा थाहा नगरले भीमफेदी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता भएकाे हाे ।
थाहानगरलाई जीत दिलाउन खेलको ३५ औँ मिनेटमा रोशन बलले सुरुवाती गोल गरेको थिए । यस्तै दोस्रो हाफको पहिलो मिनेटमै सन्देश बलले गोल गर्दै थाहालाई २–० गोलको अग्रता दिलाएका थिए । भीमफेदीका सबिन गोलेले खेलको दोस्रो हाफमा गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । म्यान अफ द म्याच थाहाका गोलरक्षक निशान थापा घोषित भए ।
प्रतियोगिताको शनिबार हुने फाइनलमा हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिका बीचको विजेतासँग थाहानगरले प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल मंशिर २३ गते बिहिबार हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मकवानपुर / अधिकारमाथी हस्तक्षेप गर्नु सबैभन्दा ठूलो हिंसा भएको सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय अध्यक्ष भारती पाठकले बताएकी छन् । कानुनमा दुरगामी सोच भए पनि व्यवहारमा त्यो नहुंदा ग्रामिण महिलाहरूमाथी शोषण भएको केन्द्रिय अध्यक्ष पाठकले बताइन् ।
महिलाले बचाएको वन, जोगाएको जलासय, जमिनमा महिलाकै निर्णय लागू नहुनु महिलाको माथीको शोषण भएको पाठकले बताइन् । “लैङ्गिक हिंसा विरुद्धको अभियान मनाईरहदा सामुदायिक वन जोगाउन लागिपर्दा दुख भोगेका महिलाको सवाल किन नउठाउने ? ” उनले प्रश्न गरिन ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत आज हेटौंडामा आयोजित जिल्ला स्तरीय कार्यक्रममा पाठकले यस्तो बताएकी हुन् । सरकारले सामुदायिक वनलाई बेवास्ता गर्नु, बजेट नछुट्याईनु पनि हिंसा भएकोले यसको विरुद्धमा पनि लाग्नुपर्ने पाठकले बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमुख भगवती पुडासैनीले महिलाहरूले अधिकार माग्ने हैन, समान हैसियत बनाउन लागि पर्ने बताइन् । पदमा पुगेर जिम्मेवारी निर्वाह गर्न सक्ने बन्न र निजि वनमा पनि महिलाको अधिकार सुनिश्चित गर्न एकजुट हुनुपर्ने पुडासैनीले बताइन् । सामुदायिक वन हुँदै राजनैतिक नेतृत्वमा पुग्नको लागि अग्रसर हुन उनले आग्रह गरिन ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडा सहायक वन अधिकृत वसन्त गौतमले स्रोत माथिको अधिकार उपभोग गर्न सक्दा हिंसा कम हुने बताए ।

यसैगरी कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश सचिवालय सदस्य रामहरि चौलागाईंले घरमा छोराछोरी बिचमा आमा बाबाले प्रदान गर्ने संरक्षकत्वले पनि हिंसा बढाएको बताए । बालबालिकाको हुर्काइ, लालनपालनमा हुने फरक व्यवहारले विभेद निम्तने उनले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति मकवानपुर र प्राकृतिक स्रोत महिला अधिकार सन्जालको सयुक्त आयोजनामा कार्यक्रम भएको सन्जालको राष्ट्रिय महासचिव आरती पाठकले बताइन् । हिंसा न्यूनीकरणमा पहल गरे परिवर्तन संभव भएको महासचिव आरती पाठकले बताइन् ।