मकवानपुरमा फाइजर खाेप लगाउन सुरु
Tags: No Comments
मकवानपुर । आजबाट मकवानपुर जिल्लाका ५ वर्ष पुराभई १२ वर्ष ननाघेका बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउने सुरु भएकाे छ ।
सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई खोप लगाउने कार्य सुरु भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ । याे अभियान अन्तरगत आगामी १५ गतेसम्म यो खोप लगाइने छ । पहिलो चरणको अभियान मकवानपुर जिल्लाका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लाइने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले बताए ।
खोप लगाउनका लागि सामुदायिक विद्यालयलाई खोप केन्द्रको रुपमा व्यवस्था गरिएकाे छ । विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेको यो खोप ९१ प्रतिशत प्रभावकारी भएको दाबि गरिएकाे छ ।
पहिलो चरणको खोप लगाएको २१ दिनपछि यसको दोस्रो मात्रा लगाउनु पर्ने छ । यसका लागि ३९० जना स्वास्थकर्मी परिचालन गरिएकाे छ । खाेप केन्द्रमा स्थानीय जनप्रतिनिधिहरुले समेत सघाइ रहेका छन् । विद्यालय नजाने वा विद्यालयमा खोप लगाउन छुटेमा यस्ता बालबालिकाहरुलाई अभियान सकिएको भोलिपल्ट नजिकको स्वास्थ संस्थाबाट लगाउन सकिनेछ ।
मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरले असार ९ गतेबाट बालबालिकाहरुलाई फाइजर खोप लगाउने भएको छ ।
नेपाल सरकारले कोरोना विरुद्धको खोप अन्य उमेर समूहलाई लगाइसकेको भए पनि १२ वषभन्दा मुनिका बालबालिकालाई उपयुक्त हुने खोप उपलब्ध गराउन सकेको थिएन । ५ वर्ष लागेका र १२ वर्ष ननाघेका बालबालिकाहरुको लागि असार ९ गतेबाट १५ गतेसम्म पहिलो चरणमा यो खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताए ।
खोप लगाउनको लागि सामुदायिक बिद्यालयलाई खोप केन्द्रको रुपमा व्यवस्था गरिने छ । बिश्व स्वास्थ्य संगठनले मान्यता गरेको यो खोप ९१ प्रतिशत प्रभावकारी भएको गुरागाईंले बताए ।
पहिलो चरणको खोप लगाएको २१ दिनपछि यसको दोस्रो मात्रा लगाउनु पर्ने उनले बताए । यो खोप ५ बर्षभन्दा कम र १२ बर्षमाथिको उमेरका बालबालिकाहरुले लगाउन नहुने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यो अभियानमा मकवानपुर जिल्लाका ६१ हजार ७५ बालबालिकाले खोप लिने छन् । यसका लागि ३९० जना स्वास्थकर्मी परिचालन हुने स्वास्थय कार्यालय मकवानपुरका सूचना अधिकृति लक्ष्मण घिमिरेले बताए ।
बिद्यालय नजाने वा बिद्यालयमा खोप लगाउन छुटेमा यस्ता बालकालिकाहरुलाई अभियान सकिएको भोलिपल्ट नजिकको स्वास्थ संस्थाबाट लगाउन सकिनेछ ।
स्वास्थ्य कार्यालय मकवानपुरले कोभिड १९ विरुद्ध संचालित खोप अभियानको प्रगति समिक्षा तथा फाइजर खोप अभियान संचालन बारे जानकारी दिने उदेश्यले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
मकवानपुर /हेटौंडा सामुदायिक आँखा अस्पतालले नेत्र स्वास्थ्यको बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आँखामा देखापर्ने समस्यालाई सामान्य ठानेर बस्दा यसको असर दीर्घकालिन हुनसक्ने भएकोले समयमै आँखाको उपचार गराउँन हेटौंडा आँखा अस्पताल प्रमुखका तथा नेत्र विशेषज्ञ डा सुनिल थकालीले आग्रह गरे । अस्पतालमा आँखा जाँचको लागि दैनिक औषत ३ सय जनासम्म आउने गरेको र धेरै जसको समस्या दृष्टिदोष र मोतियाबिन्दु रहेको उनले बताए ।
आँखा जाँचको लागि आउने ५० प्रतिशत बिरामीहरु स्वास्थ्य बीमाबाट सेवा लिन आउने गरेको तर स्वास्थ्य बिमा बोर्डले समयमै अस्पताललाई भुक्तानी नगर्दा समस्या भएको अस्पतालका प्रशासकीय प्रमुख सुधीरभद्र श्रेष्ठले बताए ।
स्वास्थ्य बिमा बोर्डबाट ३ करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनले बताए । “अस्पतालले नगद खर्च गरेर स्वास्थ्य बिमाका बिरामीको उपचार गरिहेको छ, तर हामी उधारोमा कतिञ्जिेल चल्न सक्छौ” उनले भने “बीमाको सेवा दिनको लागि अस्पताललाई अतिरीक्त ३ जनासम्म कर्मचारीको भार खप्नु परेको उनले बताए ।
कार्यक्रममा आँखामा हुने समस्याहरु न्युन दृष्टि, दृष्टि दोष, अल्छी आँखा, आँखामा हुने चोटपटक, आँखाको आपतकालिन अबस्था, नवजात शिशुमा पाक्ने रोग, आँखाको नानीमा हुने घाउ, मधुमेहले गर्दा आँखाको पर्दामा हुने असर, जलबिन्दु, मोतिबिन्दु जस्ता रोग र यसबाट बच्ने उपाय, उपचार पद्धतीको बारेमा डाक्टर थकालीले जानकारी गराएका थिए ।
मकवानपुर / खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सप्ताहव्यापि रुपमा विश्व खाद्य स्वच्छता दिवस मनाइरहदा उत्पादन मितिभन्दा अगावै उत्पादन बजारमा बिक्रीवितरण गरेको पाईएको छ ।
सिमित समयमा उपभोग गरिसक्नु पर्ने खाद्य पदार्थ उपभोक्तालाई झुक्याएर बजारमा कसरी बिक्री हुन्छ भन्ने यसले छलङ्ग पारेको छ । एकैपटक धेरै उत्पादन गरेर भण्डारण गर्ने र देखावटी रुपमा उपभोग्य मिति उल्लेख गर्ने गरेको तथ्य यहि प्रस्ट देखिन्छ । मकवानपुरको थाहा नगरपालिका २ को फ्रेडसिप बेकरि उद्योगले उत्पादन गरेको केक उत्पादन मितिभन्दा अघिल्लो दिनमै बजारमा भेटिएको हो । उत्पादन मिति ७ जुन २०२२ लेखिएको र उपभोग्य मिति उत्पादन मितिले ७ दिन लेखिएको केक अघिल्लो दिन अर्थात् ६ जुन २०२२ मै बजारमा बिक्रीवितरण गरिएको भेटिएको थाहा नगरका बिर्खे अन्जानले जानकारी दिए ।

यता हेटौंडामा बजारमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले आजै बेकरी उद्योगीहरूसंग खाद्य स्वच्छता कसरी कायम गने भन्ने बारे अन्तक्रिर्या गरिरहेको बेला थाहा नगरमा यस्तो केके भेटिएको हो । उपभोक्ता हित विपरीत हुने गरि र प्रचलिन ऐन नियमका विरुद्ध हुने यस्ता उत्पादनमा निगरानि राखिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको प्रमुख डाक्टर क्षितिज श्रेष्ठले बताए ।
भोलिपल्ट उत्पादन मिति रहेको खाद्य पदार्थ अघिल्लो दिनमै बजार देखिनुले यस्ता उत्पादनहरू कम्तिमा ३ दिन अघिबाट अघिल्ला मितिको लेबलमा तयारी अवस्थामा उद्योगमा भण्डारण हुन्छन् भन्ने अनुमान गर्न सकिने उपभोक्ता अधिकारवादीहरू बताउँछन् ।
“उत्पादन मिति गुज्रदै जांदा ढुसिलगायतको कारण पुरानो भनेर चिनिने केक जस्ता खाद्य पदार्थ त यसरी तयार गरिन्छ भने अन्य खाद्य पदार्थको उपभोग्य मितिमा के सत्यता होला ?” एक उपभोक्ताले शंका प्रकट गरिन ।
मकवानपुर / खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले विश्व खाद्य स्वच्छता दिवसको अवसरमा बेकरी तथा डेरि उद्योगका सन्चालकहरूसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता सन्देश श्रेष्ठको प्रमुख आतिथ्यमा आज अन्तक्रिर्या कार्यक्रम गरिएको हो । प्रचलित ऐन नियमको परिधिमा रहेर उपभोक्ता स्वास्थ्यको हितलाई मध्य नजर गर्दै उत्पादन गर्न सह न्यायधिवक्ता श्रेष्ठले आग्रह गरे ।
कार्यक्रम एकीकृत किट व्यवस्थापन, खाद्य स्वच्छता कामय राख्ने सम्बन्धमा डाक्टर क्षितिज श्रेष्ठ, उद्योगी राजकुमार गुप्तालगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । झण्डै ५० जना उद्योगिहरू सहभागी रहेको कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च नेपालका उपाध्यक्ष बासु खतिवडा, उपभोक्ता मन्च मकवानपुरका नवराज कोइरालालगायतको पनि उपस्थिति रहेको थियो ।
खाद्य स्वच्छतालाई ध्यान नदिइकन गरिने प्याकिङ तथा लेबलिङको सवालमा धेरै कुराहरूमा सुधार आवश्यक भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख डाक्टर क्षितिज श्रेष्ठले बताए । अनुगमनको क्रममा भेटिएका त्रुटिलाई सच्याउन कार्यालयले पटक पटक सचेत गराईएको भएपनि सुधार नभएपछि अब लाईसन्स खरेजी जस्तो कठोर पाइला चाल्नुपर्ने अवस्था आएको उनले बताए ।
तयारी खाद्यमा लेबलिङ गर्दा कागजमा मसिले पृन्ट गरिएको लेबलिङ खाद्यन्नमा सिधै छोएर नराख्न कार्यालयले आग्रह गरेको तर सुनुवाई नभएको उनले बताए । “यसरी मसिले छोएको खानेकुरा खाँदा क्यान्सर समेत हुनसक्छ” उनले भने “लेबलिङलाई छुट्टै प्लास्टिकमा प्याक गरेर राख्न भनेका छौ, अब उपभोक्ताले पनि ख्याल गर्नुहोला ।”
खाद्य स्वच्छता दिवसको अवसरमा कार्यालयले नगरपालिका, जिल्ल प्रशासन कार्यालय,हेटौंडा औद्योगिक क्षेत्रलगायको स्थानमा खाद्य स्वच्छता सचेतना सम्बन्धी फ्लेस बितरण, सूचना तथा उपभोक्तालाई लक्ष्यित गरि सचेतना सन्देश प्रकाशन प्रसारण, ब्रुसरहरू बितरण जस्ता कार्य गरेको सूचना अधिकारी प्रगती अधिकारले बताइन् । प्रत्येक बर्ष जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाइन्छ ।