मकवानपुर । आजबाट मकवानपुर जिल्लाका ५ वर्ष पुराभई १२ वर्ष ननाघेका बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउने सुरु भएकाे छ ।
सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई खोप लगाउने कार्य सुरु भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ । याे अभियान अन्तरगत आगामी १५ गतेसम्म यो खोप लगाइने छ । पहिलो चरणको अभियान मकवानपुर जिल्लाका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लाइने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले बताए ।
खोप लगाउनका लागि सामुदायिक विद्यालयलाई खोप केन्द्रको रुपमा व्यवस्था गरिएकाे छ । विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेको यो खोप ९१ प्रतिशत प्रभावकारी भएको दाबि गरिएकाे छ ।
पहिलो चरणको खोप लगाएको २१ दिनपछि यसको दोस्रो मात्रा लगाउनु पर्ने छ । यसका लागि ३९० जना स्वास्थकर्मी परिचालन गरिएकाे छ । खाेप केन्द्रमा स्थानीय जनप्रतिनिधिहरुले समेत सघाइ रहेका छन् । विद्यालय नजाने वा विद्यालयमा खोप लगाउन छुटेमा यस्ता बालबालिकाहरुलाई अभियान सकिएको भोलिपल्ट नजिकको स्वास्थ संस्थाबाट लगाउन सकिनेछ ।
In: महिला/बालबालिका खबर, मुख्य खबर, राष्ट्रिय, स्वास्थ्य
Tags: No Comments

