मकवानपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै ‘अवकाश कोष’ स्थापना गर्न अनुराेध गरेको छ । गत मंगलबारकाे सचिव स्तरीय बैठककाे निर्णयबाट अनिवार्य कोष सञ्चालन गर्न परिपत्र गरिएकाे हाे ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ मा अवकाश कोषको व्यवस्था गरिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले उक्त कोष स्थापना गरेका छैनन् । मन्त्रालयले विहीबार गरेकाे परिपत्रमा भनिएको छ, ‘कानुनमा व्यवस्था भएअनुरूप प्रत्येक स्थानीय तहले अवकाश कोषको स्थापना नगर्दा दीर्घकालीन दायित्व बढ्दै गयो र कर्मचारीहरू सेवा सुविधाबाट समेत वञ्चित हुने अवस्था सिर्जना भएकाले कोषको अनिवार्य व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’

मकवानपुर । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतहरु परिवर्तन भएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि निर्वाचन अधिकृतहरु परिवर्तन गरिएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
निर्वाचन आयोगले गत पुस १२ गते कोशी प्रदेशमा दुर्गाप्रसाद ढुङ्गेल, बागमती प्रदेशमा महेन्द्रबहादुर कार्की, मधेश प्रदेशमा नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशमा केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा कृपासुर कार्की, कर्णाली प्रदेशमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो ।
पुस १८ गतेको न्याय परिषद्ले बागमती प्रदेश बाहेकका प्रदेशमा नियुक्त भएका निर्वाचन अधिकृतहरु उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो । आायोगका प्रवक्ता शालिग्राम शर्मा पौडेका अनुसार बागमती प्रदेशका लागि अधिकृत तोकिएका महेन्द्रबहादुर कार्कीले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने जनाइ निवेदन दिएका थिए ।
त्यसपछि आयोगले पहिले ताेकिएका निर्वाचन अधिकृतकाे स्थानमा जगेडा सूचीमा रहेका अन्य जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत तोकेको हो । आयोगका अनुसार अब कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा अदालतका न्यायाधीश चित्रबहादु्र गुरुङलाई अधिकृत नियुक्त गरिएको छ ।
प्रवक्ता पौडेलका अनुसार बागमती प्रदेशमा श्रीप्रसाद सन्जेल, गण्डकी प्रदेशमा ऋषिराम आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिृकत नियुक्त गरिएको छ भने कर्णालीमा न्यायाधीश मनोज श्रेष्ठ, सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थीलाई नियुक्त गरिएको छ ।

मकवानपुर । चितवनकाे भरतपुरमा एकै दिन २ जनाकाे मृत्यु भएकाे छ । चितवनकाे भरतपुर महानगरपालिका–१५, विष्णुचोकमा साईकलबाट लडेर १ जनाको र हर्ट अट्याककाे कारण अर्का १ जनाकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
साइङ्मृकलबाट लडेर त्यु हुनेमा बारा जिल्लाको कोहल्बी घर भई हाल भरतपुर महानगरपालिका–१५, भद्रकालीटोलमा बस्ने ५० वर्षीय देवेन्द्र चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । चौधरी बुधबार बिहान आफैंले चलाएको साइकलबाट लड्दा घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार नै मृत्यु भइको प्रदेश प्रहरीले जनाएकाे छ ।
यसैगरी काठमाडौं जाँदै गरेको भारतीय कन्टेनर नम्बर NL 01 AC 1246 को चालक भारत महाराष्ट्र बस्ने ५४ वर्षीय जाकेर उस्मान मिर्जालाई कन्टेर चलाइरहेकै अवस्थामा एक्कासी अप्ठ्यारो भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार कन्टेर चलाइरहेकै अवस्थामा भरतपुर २९ दासढुंगामा मिर्जालाई अप्ठ्याराे भएकाेले उपचारकाे लागि बुधबार नयाँ मेडिकल कलेज भरतपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हाे । मिर्जाकाे मेजर हर्ट अट्याककाे कारण मृत्यु भएकाे चिकित्सकलाई उदृत गर्दै प्रदेश प्रहरी बागमतीले जानकारी दिएकाे छ ।
बृहत् खेलकुद तथा व्यापार महोत्सवको समापन
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आयोजना भएको बृहत् खेलकुद तथा व्यापार महोत्सवको समापन गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा पुष ५ गतेबाट सञ्चालन भएको महोत्सव बुधबार समापन गरिएको हो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा महोत्सव समापन भएको हो । खेल क्षेत्रको विकास गर्ने उद्देश्यसहित आयोजित महोत्सव सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले आयोजकलाई धन्यवाद ज्ञापन गरिन् । उद्देश्य अनुरुपको काम गर्न अनुरोध गर्दै उनले खेलसहित जिल्लाको विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने भूमिका निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता रहेको थियो । खेलकुद क्षेत्रको विकासका लागि योजनाबद्ध काम गर्न उनले खेल सम्बद्ध संघसंस्थाका प्रमुख प्रतिनिधिहरुलाई अनुरोध समेत गरिन् ।
केही विवाद र रस्साकस्सी बीच हेटौंडामा सुरु भएको खेलकुद तथा व्यापार महोत्सव सबैको सहयोगबाट सम्पन्न भएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीले जानकारी दिए । महोत्सवमा एथ्लेटिक्स, ब्याड्मिन्टन, तेक्वान्दो, महिला फुटबल, राष्ट्रिय तेक्वान्दो, क्युकोसिन, आइटिएफ, राष्ट्रिय उसु, हक्की, महिला राष्ट्रिय भलिबल, रेस्लििङ र कबड्डी प्रतियोगिता सञ्चालन भएको थियो । महोत्सवमा ४० जना भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक प्रस्तुती दिएका थिए । विभिन्न व्यावसायका २ सयवटाभन्दा बढी स्टल राखी व्यापार गरिएकाे थियाे ।
आयोजक खेलकुद विकास समितिका अध्यक्ष खड्कीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष एवम् प्रवक्ता सविन न्यौपाने, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवम् खेलकुदका पूर्व अध्यक्ष माधव तिमल्सिना, नेपाल बक्सिङ महासंघका केन्द्रीय उपाध्यक्ष सविन भट्टाचार्य, खेलकुद विकास समितिका अध्यक्ष आलोक स्याङ्तान, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत लगायतले महोत्सवमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै जिल्लाको खेल क्षेत्रको विकासका लागि आयोजित महोत्सव सफल भएको धारणा राखे ।
महोत्सवको समापनका क्रममा खेलकुद विकास समितिका पूर्व अध्यक्षहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान सम्मान गरिएको थियो । महोत्सव अवधिभर राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेलकुद प्रतियोगिता भएको थियो । महोत्सवको अन्तिम दिन महिला तथा पुरुष कबड्डी प्रतियोगिता सञ्चालन भएको थियो । समापनका क्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु, हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न खेलकुद संघका अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । महोत्सवको अन्तिम दिन गायक राजनराज शिवाकोटी, गायिका प्रतिमा अर्याल, लोकेन लामा, मानस राज र रमेश श्रेष्ठ मेलोडीले आफ्ना चर्चित गीतमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
