मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) हेटौंडा उपमहानगर कमिटीकाे अध्यक्षमा विजन लटौला चयन भएका छन् । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) हेटौंडा उपमहानगर कमिटीकाे बुधबार भएकाे दोश्रो नगर सम्मेलनबाट लटौलाकाे अध्यक्षतामा ३३ सदस्यीय नगर कमिटि चयन भएकाे हाे ।
कमिटी उपाध्यक्षमा शान्ति थिङ र प्रचण्ड वैजु, सचिवमा नवीन श्रेष्ठ, सहसचिवमा अरुण बिष्ट, सुनिल उप्रेती,आयुशा बुढाथोकी, कोषाध्यक्षमा मिनेष पुडासैनी चयन भएका छन् । यसैगरी सदस्यहरुमा अमित सुनार, आयुष ठकुरी, रन्जिता मिजार, युवराज घलान, आचल गुप्ता, प्रशान्त तामाङ, बिकास बोम्जन, आरती सुनार, सुशील घिमिरेलगायत छन् ।
कार्यक्रममा बागमती प्रदेश समाजिक विकास मन्त्री कुमारी मोक्तानले नगर सम्मेलनलाई सम्बाेधन गर्दै हामीले निर्माण गर्दै गरेकाे नयाँ कमिटीले देशमा संघीय लोकतन्त्र विरुद्ध अफवाह फैलाउने तत्वहरु सक्रिय रहेकाे बेला त्यस्ता अफवाहलाई चिर्न बिद्यार्थी नेताहरु सफल हुन पर्ने बताइन् । अहिले सरकारले गरेको सकारात्मक कामलाई जनतासम्म पुर्याउने काम तपाई विद्यार्थी संगठनले गर्नु पर्ने उनले बताइन् । अखिल क्रान्तिकारी सङ्गठनको सदस्य हुँ भन्दा पनि अनेक व्यवधान दिए । अप्ठ्याराे परिस्थितिका विच उठेर आएको सङ्गठन हो अनेरास्ववियु क्रान्तिकारी । अहिले हामी जहाँ छौं त्यो रगत र बलिदानी सङ्ग साटेर लेराएको गणतन्त्रमा छौ । अब बिद्यार्थी नेताहरु देशमा रहेको शिक्षा, स्वास्थ तथा समाजमा रहेको विभेदलाइ हटाउन लागि पर्नु पर्छ उनले भनिन् ।
‘अहिले हाम्रो पार्टी सरकार नेतृत्वमा छ । हामीले दुःख गरेर ल्याएकाे संविधानको कार्यान्वयन गर्ने समय हो । हाम्रो नेतृत्वले दुख गरेर ल्याएकाे परिवर्तन लाई कार्यान्वयन गर्न र जोगाउन तपाई हामी लागिरहनु पर्छ’ उनले भनिन् ‘तपाईहरुले भोलिका दिन समाज तथा मुलुकको सुशासनको नेतृत्वदायी भूमिका निर्वाह गर्नपर्ने हुन्छ तसर्थ आज एक क्षमतावन कमिटी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
अनेरास्ववियु (क्रान्तिकारी ) हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष झलक छत्कुलीको अध्यक्षता तथा समाजिक बिकास मन्त्री मोक्तानकाे प्रमुख आतिथ्यतामा भएकाे नगर सम्मेलनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी, नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक सर्केश घलान, अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय उपमहासचिव प्रदिप अर्याल, अनेरास्ववियु (क्रान्तिकारी) बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष श्रवण कुमार वर्तौला, वाइसीएल नेपाल मकवानपुर संयोजक लवराज ठकुरीलगातयकाे उपस्थिति थियाे ।

