मकवानपुर । चितवनकाे भरतपुरमा एकै दिन २ जनाकाे मृत्यु भएकाे छ । चितवनकाे भरतपुर महानगरपालिका–१५, विष्णुचोकमा साईकलबाट लडेर १ जनाको र हर्ट अट्याककाे कारण अर्का १ जनाकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
साइङ्मृकलबाट लडेर त्यु हुनेमा बारा जिल्लाको कोहल्बी घर भई हाल भरतपुर महानगरपालिका–१५, भद्रकालीटोलमा बस्ने ५० वर्षीय देवेन्द्र चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । चौधरी बुधबार बिहान आफैंले चलाएको साइकलबाट लड्दा घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार नै मृत्यु भइको प्रदेश प्रहरीले जनाएकाे छ ।
यसैगरी काठमाडौं जाँदै गरेको भारतीय कन्टेनर नम्बर NL 01 AC 1246 को चालक भारत महाराष्ट्र बस्ने ५४ वर्षीय जाकेर उस्मान मिर्जालाई कन्टेर चलाइरहेकै अवस्थामा एक्कासी अप्ठ्यारो भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार कन्टेर चलाइरहेकै अवस्थामा भरतपुर २९ दासढुंगामा मिर्जालाई अप्ठ्याराे भएकाेले उपचारकाे लागि बुधबार नयाँ मेडिकल कलेज भरतपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हाे । मिर्जाकाे मेजर हर्ट अट्याककाे कारण मृत्यु भएकाे चिकित्सकलाई उदृत गर्दै प्रदेश प्रहरी बागमतीले जानकारी दिएकाे छ ।

