हेटौंडामा एपीएफ र फ्रेन्डस क्लबको भिडन्त
Tags: No Comments
मकवानपुर । हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता अन्तर्गत आज शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लब,काठमाडौं र फ्रेन्डस क्लब ललितपुर भिड्दै छन् ।
हेटौंडा-५ को पिप्लेक्याम्पा रंगशालामा जारी खेल शनिबार अपरान्न ४ बजे सुरु हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज काठमाडौ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
मकवानपुर । विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत टोल बिकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले हेटाैडा बजार क्षेत्रमा सरसफाइ गरेकाे छ ।
५० औं बिश्व बाताबरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार हेटौंडा १० स्थित बसपार्क र बजार क्षेत्रमा सरसफाइ आयोजना गरिएको हाे । सरसफाइ कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सुरुवात गरेका थिए । टोल बिकास संस्थाहरुले हेटौंडा नगरीलाई हरित नगरी बनाउने अभियान अन्तर्गत हरेक हप्ता विभिन्न टोलहरुमा सरसफाइ कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
यसैगरी हरेक बर्षको विश्व बाताबरण दिवशको अबसरमा सप्ताहब्यापी रुपमा बिशेष सरसफाइ कार्यक्रमको आयोजना गर्ने गरेको टोल बिकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारीले बताए । अध्यक्ष अधिकारीकाे अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा हेटौंडा १० का वडा अध्यक्ष फुर्वा दाेर्जे तमाङ, हेटौंडा १० का जनप्रतिनिधिहरु, हेटौंडा उपमहानगरपालिका बाताबरण शाखा प्रमुख शान्ती बिक, हेटौंडा ५ का वडा सदस्य ज्ञान बहादुर थापा, टोल बिकास संस्था नगर समन्वय समितीका पदाधिकारी तथा सदस्यहरु तथा वडा समन्वय समितिका अध्यक्ष एवं पदाधिकारीहरु र टोलबासीहरुको उपस्थिति रहेको थियो ।

सप्ताहब्यापी कार्यक्रमको छैठौं कार्यक्रमको रुपमा शनिबार बिहान बाताबरणमैत्री बृहत् साइकल र्यालीको आयोजना गरिएको टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहालले जानकारी दिए । “सबैको साझा पृथ्वी” भन्ने मूल नाराका साथ यस बर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले ‘औद्योगिक क्षेत्रभित्र र बाहिर रहेका रुग्ण उद्योगलाई चलायमान बनाउनु पर्ने’ बताएकी छिन् ।
उद्योग संघ मकवानपुरले स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरमा निर्वाचित जनप्रतिनिधिलाई गरेकाे स्वागत कार्यक्रममा लामाले हेटौंडा औद्योगिक क्षेत्रभित्र र बाहिर रहेका रुग्ण उद्योगलाई उकास्ने गरी काम गर्न जरुरी रहेको बताएकी हुन् । ‘समुन्नत हेटौंडा निर्माणको लागि सबैसँग सहकार्य गरेरै अघि बढ्नु पर्छ उनले भनिन् –‘ उद्योगहरु थलिँदै गएको अवस्था रहेकाले उद्योग संघसंगको सहकार्यमा त्यस्ता उद्योग र व्यवसायलाई चलायमान बनाउन आवश्यक छ ।’
लामाले भनिन् ‘बागमती प्रदेशको राजधानी एकमात्र उपमहानगरपालिकालाई अव्बल बनाउँदै उपमहानगर मध्ये पहिलो बन्ने अभियानमा उद्योगी व्यवसायीको साथ र सहयोग आवश्यक रहेको छ ।’ कार्यक्रममा सुन्दर उपामहानगर बनाउने अभियान थालिएको जानकारी दिंदै उनले भनिन् ‘कर्रा र कुखरेनी क्षेत्रमा सुन्दर पर्यटकीय गन्तव्य बनाउने अभियान थालिएको छ ।’ अभियानमा प्रदेश सरकारसहितको सहभागिता रहने भन्दै उद्योग व्यवसायीसँग थप सल्लाह गरेर अघि बढ्ने बताइन् ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले उद्योगी व्यवसायीको समस्यामा उपमहानगर हातेमालाे गर्न तयार रहेकाे बताए । सबै समस्यालाई चिर्दै उपमहानगरभित्र रहेको उद्योगमा औद्योगिक वाताबरण बनाउँन उपमहानगरले सधै सहकार्य गर्ने बानियाँले बताए । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता राख्दै अघि बढ्न उद्योगी व्यवसायीलाई आग्रह समेत गरे ।
कार्यक्रममा उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेलले नवनिर्वाचित सबैलाई स्वागत गर्दै स्थानीय तह सुदृढ र सबल भए बिकासको अनुभव हुने बताए । उनले औधोगिक वातावरण निर्माणका लागि उपमहानगरको भुमिका आवश्यक रहेको बताउँदै औद्योगिक क्षेत्रको फोहर व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । अहिले औद्योगिक क्षेत्रमा फोहर व्यवस्थापन स्थल नभएको र प्रशोधनका लागि उपयुक्त उपकरण नभएका कारण समस्या भएको औल्याए । उनले स्थानिय उत्पादनमा जोद दिन आग्रह गर्दै औद्योगिक क्षेत्रमा कामदारको रुपमा महिलाहरुको अभाब रहेको बताए । उनले महिला कामदारको उपस्थिती बलियो बनाउँने काममा उपमहानगरको भूमिका आवश्यक रहेको बताए ।
संघका अध्यक्ष प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखराज पोखरेल, पुर्व अध्यक्षद्धय माधव अधिकारी, ऋषिराम घिमिरे र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अधिकृत दिपक आचार्य सहित उपमहानगरमा बिजयी भएका १९ वडाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
मकवानपुर । चर्च ब्वाइज क्लब काठमाडाैं जारी सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिता–२०७९ को दोस्रो चरणमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा भरतपुर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज विजयी भएको हो ।
भरतपुरमाथि सहज जीत दर्ता गराउने क्रममा चर्च ब्वाइजका लागि आशिष चौधरीले २ र हेमन्त थापा मगरले १ गोल गरेका थिए । खेलमा दुई गोल गरेको आशिष म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा स्थानीय तहको सहयोगमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेण्डस क्लब काठमाडौंवीच प्रतिस्पर्धा हुनेछ ।
हिजोको खेलमा बिजयी हुंदै बारा सिमराको नव जनजागृति क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । ३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- ३ तिनताप्केमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा हेटौंडा ६ चौघडाका गोपाल दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज हेटौंडा ३ तिनताप्केबाट हेटौंडाबजार तर्फ आउदै गरेको ना ५ च ३६२७ नम्बरको गाडी तिनताप्के नजिक अनियन्त्रित भई आफै दुर्घटना भएको थियो । दुर्घटनामा परेर उक्त गाडीमा सवार ३३ बर्षिय दाहालको मृत्यु भएको हो। बोलेरोका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।