मकवानपुर । मकवानपुरको हेटौंडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- ३ तिनताप्केमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा हेटौंडा ६ चौघडाका गोपाल दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज हेटौंडा ३ तिनताप्केबाट हेटौंडाबजार तर्फ आउदै गरेको ना ५ च ३६२७ नम्बरको गाडी तिनताप्के नजिक अनियन्त्रित भई आफै दुर्घटना भएको थियो । दुर्घटनामा परेर उक्त गाडीमा सवार ३३ बर्षिय दाहालको मृत्यु भएको हो। बोलेरोका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

