मकवानपुर । मकवानपुरको हेटौंडा राप्तीरोडबाट प्रहरीले ५० किलो ४ सय ग्राम लागूऔषध गाँजा र अटो सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्तीरोड बाट गाँजा सहित एक जनालाई पक्राउ गरेको हो । हेटौंडा ३ नेवारपानीबाट हेटौडा तर्फ आउंदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई जांच गर्दा उक्त अटोमा लुकाई ल्याएको लागु औषध गांजा ५० किलो ४ सय ग्राम फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए।
गाँजा संगै अटो चालक भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्बर–१० थाना बेला घर भई हाल महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर– ७ सोनामाई बस्ने ३७ वर्षिय राजेश चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको उनले बताए ।

