मकवानपुर । मकवानपुर उद्योग बाणिज्यसंघकाे मंगलबार नयाँ नेतृत्वकाे लागि सम्पन्न चुनावकाे मत परिणाम आउन थालेकाे छ । जस अनुसार वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी, एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं र उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट निर्वाचित भएका छन् ।
वस्तुगत उपाध्यक्षमा अधिकारीले १८ मतका साथ विजयी भएका हुन्। बस्तुगत तर्फकै उपाध्यक्ष पदका अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गरेका छन् । एसोसियट उपाध्यक्षमा विष्णु खनाललाई हराउदै चौलागाई निर्वाचित भएका हुन् । चौलागाईले ६३ मत प्राप्त गर्दा खनालले ५० मत प्राप्त गरेका छन् । त्यसैगरी एशोसिएट सदस्यमा अंकिता सुमार्गी, गणेशप्रसाद भेटुवाल र राजाराम कार्की र दिपक उप्रेती निर्वाचित भएका छन् ।
यसैगरी उद्योग तर्फको उपाध्यक्षमा रानाभाट ३ सय ७० मतका साथ विजयी भएका छन् । उद्याेग तर्फका उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै रानाभाट निर्वाचित भएका हुन् । श्रेष्ठले ३ सय १९ मत प्राप्त गरेकी थिइन् । उद्योगमा ८ सय ९० मतदाता मध्ये ७ सय ५३ मत खसेको थियो । उद्याेग तर्फ सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।

पुष्पा नेपाल सुवेदी
ढिकी र जाँतो गर्नु छ मैले जीवनमा ।
धमिलो खोला तर्नु छ मैले जीवनमा ।
रित्तो रित्तो छ जिन्दगीको पाना यो
कुँदेर बुट्टा भर्नु छ मैले जीवनमा ।
खुट्टा तान्दै झार्ने हुन्छन् आफ्ना नै
माथि नपुग्दै झर्नु छ मैले जीवनमा ।
टार्दै बाधा अड्चन मेरी आमाको
सुगन्ध मगमग छर्नु छ मैले जीवनमा ।
छर्छु खुशी हाँसो बन्दै लायक छोरो
जनका पीडा हर्नु छ मैले जीवनमा ।
ईलाम
नेपाली महिला समाज पोर्चुगलले एक महिने नि:शुल्क ब्युटिसियन तालिम संचालन गर्ने भएको छ ।
पोर्चुगलका नेपाली महिला दिदीबहिनीहरूलाई सीपमूलक प्रदान गरी आत्मनिर्भर गराउने उद्देश्यले समाजले तालिमको आयोजना गर्न लागेको समाजकी अध्यक्ष माया खरेलले जानकारी दिईन । रोजगारीको खोजीमा रहेका पोर्चुगलमा रहेका नेपाली महिलाहरुको लागि उक्त तालिम नोभेम्बर १ तारिख देखि ३१ नोभेम्बरसम्म संचालन हुने अध्यक्ष खरेलले बताईन ।
तालिममा बिशेष गरी सौन्दर्य सम्बन्धी बेसिक कोर्षको साथै Menicure, Pedicure, Threading, Jelino and haircut सम्बन्धी सीपहरू सिकाईने अल्मदामा संचालित लुक्स ब्युटिपार्लरकी प्रोपाईटर निशु खड्काले बताईन ।
यस अघि पनि समाजले लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा १० जना महिलालाई यस्तै खालको सीपमूलक तालिम प्रदान गरिसकेको छ । तालिम लिएका अधिकांश महिलाहरूले सम्बन्धित क्षेत्रबाट सोचे भन्दा राम्रो अवसर र उपलब्धी प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।
यसपटक बढीमा १५ देखि २० जनालाई सहभागी गराई सीप सिकाउने लक्ष्य राखेको महिला समाजले पोर्चुगलमा नयाँ आउनु भएका बेरोजगार र सिक्न अति ईच्छुकलाई पहिलो प्राथमिकता प्रदान दिने भएको छ । शान्ती अर्याल अधिकारी पोर्चुगल
लोचन ‘फूलको थुङ्गा’
जानु छ एकदिन यही माटोमा मरेर जानु छ ।
चाहिन्न प्राप्तिको थुप्रो मात्र नाम लेखेर जानु छ।
तिम्रो अन्तिम विदाइमा आँसुको बाँध बाँधेर
रुनु छैन मलाई साह्रै खुशी छु भनेर जानु छ।
बगेकै हाे म दुख पीडा कष्ट पिर र वेदनामा
तिरस्कारको यो झरीले जलायाे साेचेर जानु छ।
अचेल हजारौँ अनुत्तरित सवाल छन् मसँग
भन्नुस् कस्तो हुन्छ सम्मान हात जाेडेर जानु छ।
हिड्न सक्दिन आफ्नो फाइदालाई केन्द्रमा राखेर
म फूलको थुँगा हुँदैहाेइन भनी ढाटेर जानु छ।
अछाम हाल कैलाली
झरना श्रेष्ठ
१.
दुख पर्दा बिरामी हुँदा एक्लै जिउनु पर्छ भने
तातो चिसो पानी औसधिलाई पिउनुपर्छ भने
केको आफ्नो को पराइ मत्लब भएन मलाई
नकि फाटेको मन आफैले सिउनुपर्छ भने ।
२.
मान्छेहरू प्रेम गर्ने गर्छन् अंग हेरेर
अझैपनी त्यो कालो गोरो रङ्ग हेरेर
जिबनसाथी छान्छन जुनिजुनिलाई
समिक्षामा बानी व्यबहार ढंग हरेर ।
३.
काट्नु कुरा काटेर अगाडी ठीक्क पार्छन्
उठिबासै लाउलान जस्तो दिक्क पार्छन्
कस्तो पावर हो यो छिमेकिको छक्क पर्छु
राम्रो लाउने खाने कुरा त मिलिक्क पार्छन् ।
४.
भबिस्यको चिन्ता छ मनभरी रमाउ कसरी
बाटो छेक्छन परिस्थितिले कमाउ कसरी
मन त नभएको होइन नि हजुर मलाई पनि
आयस्रोत छैन न त छ जागीर जमाउ कसरी ?
५.
तिमीलाई भोली बृद्धाश्रम पुराउने छैन छोरीले
तिम्रा हरेक चाहानालाई कुराउने छैन छोरीले
छोरा बुहारीलाई सम्झेर कति रुन्छौ आमाबुबा
ढुक्क हुनुस रुन छोडनु रुवाउने छैन छोरीले ।
धादिङ