मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध ओनेरेक र मोटरसाइकलसहित १ जना नियन्त्रणमा लिएको छ ।
प्रहरीले हेटौंडा १४ मयुरधाप स्थित सडकमा सवारी चेकजाँच गर्दा लागूऔषध ओनेरेक २ सय ३३ बोतल सहित हेटौंडा १४ मयुरधाप बस्ने २८ वर्षीय रुपेश ढुङ्गानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
असार २ गते शनिबार अस्थायी प्रहरी पोष्ट मयुरधापबाट प्रहरी सहायक निरीक्षक निर्दोष लामा सहितको प्रहरी टोलीले मयुरधापमा ढुङ्गानाले चलाएको बा.प्र.०२-०२३ प १३७२ नम्बरको बुलेट लाई रोकी चेकजाँच गर्दा झोलामा लुकाई राखेको उक्त परिणामको लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।
उक्त लागूऔषध, मोटरसाइकल सहित ढुङ्गानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
निरा शर्मा
तिमी आकाश मेरो भूगोलको
तिमी प्रकाश मेरो सीमानाको
तिमी धर्ती मैले टेकेका पाइलाको
तिमी वृक्ष मेरो मझेरीको
त्यही वृक्षको हाँगामा
चचहुइ गर्दै जीवनको
आरोह अवरोह नाप्दै छु
तिम्रा विविध रङ्ग
र मेरा
असीमित रङ्गको संयोजनबाट
सजाएर यस भवनलाई
आकार दिएका छौ
भविष्य द्रष्टासॅग मिलेर
हिजोजस्तो लाग्छ मलाई
तिमी र म चुलिएर
हिमालयको गर्भबाट
सूर्यको प्रकाशसँगै
थोपा थोपामा सञ्चित भएर
कहिले धमिलिॅदै कहिले सङ्गलिॅदै
समयको नदीसॅगै सुसेली खेल्दै बगेको
फरक लाग्छ मलाई
तिम्रो पदचाप समाउनुपूर्वको
घडीको सुईको गति
र अहिलेको गतिमा
कति निश्चिन्त छु विकट बाटामा पनि
तिम्रा सान्निध्यले
तिमी मलाई सधै
अगाडि लागाएर हिॅड्छौ
तर कहिले भन्दैनौ
म पछि परेॅ भनेर
कहिलै भन्दैनौ
तिम्रो माया लागेरै
अगाडि लागाएको हुॅ भनेर
यस्तै भन्ने र गर्ने व्यवहारबाट
चरित्रको ऐना खुल्छ
तिमी मेरा लागि
काली गण्डकीरूपी जीवनमा
विरलैले पाउने शालिग्राम हौ
जसलाई व्याख्या गर्न सक्दिन
केवल अनुभूत गर्न सक्छु
यी सिन्दुर पोते चुरा
सबैले तिमीलाई सम्झाइरहन्छन्
बनेर सौभाग्यको कोसेली
कल्पना गर्न सक्दिन
भूखण्ड तिमीबिनाको
हो म तिम्रै पोतेले बेरिएकी छु
तिम्रै चुराले बाँधिएकी छु
तिम्रै सिॅदुरले तिमीलाई चिनाएकी छु
तिम्रै रङ्गको श्वास फेर्दै
आफ्नो अस्तित्वको हाँक दिन्छु
तर मैले कहिलै चाहिनॅ
तिमी पनि मेरै रङ्गमा बाॅच भनेर
तिमी आफ्नै रङ्गमा
मेरा लागि अमूल्य छौ
तिमी बाँचेको जमिन उर्वर होस्
तिमीले टेकेको हाॅगा दह्रो होस्
तिमीले हेर्ने हरेक सपनामा फल लागोस्
केवल म चाहन्छु
तिमीले हेर्ने सपनाको साक्षी
मलाई बनाऊ
अन्यथा तिमी पूर्ण भएर पनि
अपूर्ण हुनेछौ
पूर्णअपूर्ण ।
हेटौडा,मकवानपुर
मकवानपुर । हेटाैँडा उपमहानगरपालिका वडा नम्बर ४ मा नि:शुल्क स्वास्थ्य शिविर भएको छ । ४ नम्बर वडा कार्यालयको आयाेजना तथा माेहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रकाे व्यवस्थापन तथा मदन भण्डारी प्रतिष्ठानकाे सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर भएकाे छ ।
स्वास्थ्य शिविरकाे उद्घाटन गर्दै वडा अध्यक्ष नवीन सिग्देलले स्वास्थ्य मानिसकाे पहिलाे र महत्वपूर्ण धन भएकाेले वडा कार्यालयले प्राथमिकताका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे बताए ।
शिविरमा नाक, कान र घाँटीका विशेषज्ञ ईन्क्लाव ढुङ्गाना, स्त्री राेग विशेषज्ञ प्रशान्तराज शर्मा, बालराेग विशेषज्ञ विनाेमराज शर्मा र फेमली फिजिसियन अमर यासिरसहितका स्वास्थ्यकर्मीले विरामीलाई सेवा प्रदान गरी आबश्यक चेकजाँच गरि औषधी प्रदान गरिएकाे थियाे ।
शिविरमा ५ सय ८८ जना सेवाग्रहीहरूले स्वास्थ्य सुविधा लिएको ४ नं. वडा सदस्य जनरल श्रेष्ठले जानकारी दिए ।
वडा सदस्य तथा कार्यक्रम संयाेजक जनरल श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, नेपाल रेडक्रम साेसाईटी, मकवानपुर शाखाका उपमन्त्री, वडा सचिव टिका कंडेल, टाेल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र बस्ताकाेटी, काेषाध्यक्ष सुन्दर न्याैपाने, माेहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्र, हेटाैँडा ४ का प्रमुख निर्मला ब्लाेन, हेटाैँडा क्याम्पस स्ववियु सभापती अभि मैनाली, नेपाल रेडक्रस साेसाईटी, ४ वडाका सभापती किसन घिसिङ्गलगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि नवीन सिग्देलसहितका अतिथिहरूले ४ नम्बर निवासी शान्ति ढुङ्गानाद्वारा लिखित नारी सन्देश पुस्तक विमाेचन समेत गरेका थिए ।
मकवानपुर । बागमती प्रदेश सभाको दोश्रो अधिवेशनको पन्धौं बैठकमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्षको लागि बागमतीको बजेट ६२ अर्ब ७० करोड ९० लाख बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्षको लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार विनियोजन गरिएको छ। कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको हाे ।
कुल विनियोजन मध्ये चालु तर्फ ४२ दशमलब ५८ प्रतिशत, पुँजीगत तर्फ ५६ दशमलब ६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ शुन्य दशमलब ८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५ अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्रातिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ ।
प्रदेशको भौतिक मन्त्रालयका लागि २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ । आगामी आर्थिक बर्षका लागि प्रदेशका ११ वटा मन्त्रालय मध्यमा सबैभन्दा धेरै भौतिक मन्त्रालयका २१ अर्ब रुपैयाँ भन्दा बडी बजेट छुट्याइएको हो ।
सामुदायिक शिक्षा गुणस्तरीय बनाउन ११ करोड बजेट छुट्याएको छ भने सामुदायिक विद्याय भवन निर्माण तथा सुधारको लागि ६१ करोड छुट्याएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भ्यूटावर निर्माण नगर्ने भएको छ । भौतिक पूर्वाधार विकास विकासलाई जोड दिइएको छ । आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार निर्माण नगरिने भएको छ । हेटौँडाको कर्रा करिडोर निर्माणको लागि १५ करोड विनियोजन गरिएको छ ।
बागमती प्रदेशः स्वस्थ्य प्रदेश भन्ने कार्यक्रम अन्तरगत मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि १२ करोड बजेट छुट्याइएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पनि ४ अर्ब बजेट छुट्याइएको छ ।
बागमती प्रदेशमा कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रुपमा अगाडी बढाइने भएको छ । पशुपन्छी तथा कृषिका लागि ३ अर्व बजेट छुट्याइएको छ ।
प्रदेशभित्र केरा खेती गर्ने किसानलाई प्रोत्साह गरिने छ । उच्च प्रबिधियुक्त च्याउ उत्पादनमा सहयोग गरिने, पशु श्रोतकेन्द्र बिकासका लागि बजेट छुट्याइएको छ ।
प्रदेश भित्र प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारीका मल कारखानाको लागि ५ करोड रुपैँया विनियोजन गरिएको छ । प्रदेश भित्र कृषकलाई परिचयपत्र लागु गरिने छ ।
सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब बजेट छुट्याइएको छ । चेपाङको पहिचानसँग जोडिएको चिउरी र चमेरा संरक्षण कार्यक्रम प्राथमिकतामा राखिएको लामाले बताए । प्रदेशमा महिला पहिला भन्ने कार्याक्रम लागु गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिने भएको छ ।
चितवन जिल्लामा अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन व्यवस्था गरीएको छ ।
मकवानपुर । आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट बागमती प्रदेश सरकारका अर्थ मन्त्री बहादुरसिंह लामाले बजेट भाषण सुरु गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री लामाले यस बर्षकाे बजेटले सबै पक्षकाे उचित सम्बाेधन गरेकाे दाबी ससंद पस्नु अघि प्रतिकृया दिए ।
