मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध ओनेरेक र मोटरसाइकलसहित १ जना नियन्त्रणमा लिएको छ ।
प्रहरीले हेटौंडा १४ मयुरधाप स्थित सडकमा सवारी चेकजाँच गर्दा लागूऔषध ओनेरेक २ सय ३३ बोतल सहित हेटौंडा १४ मयुरधाप बस्ने २८ वर्षीय रुपेश ढुङ्गानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
असार २ गते शनिबार अस्थायी प्रहरी पोष्ट मयुरधापबाट प्रहरी सहायक निरीक्षक निर्दोष लामा सहितको प्रहरी टोलीले मयुरधापमा ढुङ्गानाले चलाएको बा.प्र.०२-०२३ प १३७२ नम्बरको बुलेट लाई रोकी चेकजाँच गर्दा झोलामा लुकाई राखेको उक्त परिणामको लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।
उक्त लागूऔषध, मोटरसाइकल सहित ढुङ्गानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

