मकवानपुर । मकवानपुरको हेटौंडामा जारी छैठौं संस्करणको शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विजयी सुरुवात गरेको छ।
बुधबार भएको खेलमा हिमालयन शेर्पालाई ३-० गोल अन्तरले हराउँदै एनआरटीले दोस्रो चरणमा स्थान पक्का गरेको हो। हिमालयन शेर्पा गत संस्करणमा उपविजेता भएको क्लब हो । एनआरटीको जीतमा सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले १-१ गोल गरे।
खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विहीबार सशस्त्र प्रहरीको एपीएफ र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।
मंगलबारको उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाहीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रबेश गरेको थियो । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको आयोजक जनाएको छ ।
मानव वेचविखन तथा ओसारपसार बिरुद्ध प्रदेशस्तरीय संरक्षण नीति बारे अभिमुखीकरण
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । हेटौंडा–६ स्थित गौरीटार रङ्गशालामा सुरु भएको छैठौँ संस्करणको गोल्डकपकाे उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुवात गरेका छ ।
बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । खेलको चौथो मिनेटमा बागमतीका राज भुसालले गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफको २८ औँ मिनेटमा सिजन गौतमले बागमतीकाे लागि अर्काे गोल गरेका थिए । बागमतीको लागि भुसालले दोश्रो हाफको ६० औँ मिनेटमा दोश्रो गोल गरे । यसैगरी पारोका लागि खेलको ८१ औँ मिनेटमा सिरुप दोर्जेले सान्त्वना गोल गरे ।
जितसंगै बागमती क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पराजित पारो प्रतियोगिताबाट बाहिरिएको छ । खेलको म्यान अफ द म्याज बागमतीका लागि राज भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफि हात पारे ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । जिल्ला फुटबल संघ मकवानपुरका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी रहेकाे छ । यसैगरी प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी भएकाे छ । आयोजककाे तर्फबाट रिगल हेटौंडा रिसोर्टले सहभागी जनाएकाे छ । प्रतियोगिताको फाइनल खेल माघ २७ हुनेछ ।
यस अघि विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहबाट सहयोग प्राप्त भए पछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आएकाे हाे । जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । २०६/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।
प्रतियाेगिताकाे पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले हात पारेकाे थियो । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको पाँचौं संस्करणकाे उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेकाे थियो । फाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै एपीएफले उपाधि जितेको हो । प्रतियोगिताको पाचौं संस्करण हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना गरिएको थियो ।
भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्र श्रमिककाे सामाजिक सुरक्षा शुभारम्भ
Tags: No Comments
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएकाे छ । देशकै पहिलो गाउँपलिकाको रुपमा भीमफेदीले योगदानमा आधारित सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो ।
भीफफेदी गाउँपालिकामा शनिबार आयोजना गरिएकाे कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेसँगै भीमफेदी अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ गर्ने नेपालकै पहिलो गाउँपालिका भएकाे छ ।
योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा सुचीकृत ९८ जना श्रमिक सहभागी रहेकाे बताइएकाे छ । सामाजिक सुरक्षा काेषामा सुचीकृत भएका श्रमिककाे तर्फबाट तलबकाे ११ प्रतिशत र त्यसमा स्थानीय तहले ९.३७ प्रतिशत जम्मा गर्नेछ । सामजिक सुरक्षा ऐन २०७४ मा अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम तलब १० हजार ८ सय २० हुनु पर्ने व्यवस्था गरेकाे छ ।
मकवानपुर । बागमती प्रदेशभित्र बसोबास गर्ने महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न प्रदेश सरकारले प्रसुतिसम्बन्धि जटीलतामा विरुद्ध लड्न सहकार्य गर्ने भएको छ । तर झण्झटीलाे सिमाकाे कारण सर्वसाधारणकाे पहुँच पुग्नेमा भने शंका रहेकाे छ ।
प्रदेश सरकारले झण्डै ४ महिनाअघि मन्त्रीपरिषद्बाट स्वीकृत कार्यविधि कार्यान्वयनको प्रव्रिmया सुरु गरेको छ । गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरीलाई हेलिकोप्टरबाट तोकिएको अस्पतालमा लैजान हवाई सेवा सुरु गर्ने भएको हो ।
हवाई सेवा प्रदायक संस्थालाई हवाई उद्धार सेवा प्रदान गर्नका लागि प्रस्ताव आह्वान गरी सूचीकृत गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । सूचीकृत भएको हवाई सेवा प्रदायक संस्थाबाट प्रक्रिया अपनाई प्रस्ताव माग गर्ने, प्रस्ताव स्वीकृत गर्ने र सम्झौता गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेकाहरुको लागि निःशुल्क हवाई उद्धार गर्न कार्यविधि कार्यान्वयमा ल्याएको हो ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष गर्भवती र सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार गर्ने गरी नीति तथा कार्यक्रम र बजेटमा गरेको व्यवस्था प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने भएको हो । निःशुल्क हवाई उद्धार सेवाले बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा जिल्लाका स्थानीय तहलाई समेट्ने भएको छ । गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि प्रदेश राजपत्रमा प्रकाशित भएसँगै कार्यक्रम कार्यान्वयनमा आउनेभएको हो ।
उक्त काम सम्बन्धी कार्यविधि गत भदौमा पारित भएको थियो । प्रदेश सरकारले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि २०८० मन्त्रीपरिषद्बाट स्वीकृत गरेको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले यसअघि बनेको कार्यविधिमा समिति निर्माणलगायतका केही विषय छुट भएकाले कार्यान्वयमा ढीलाइ भएको बताए । अहिले कार्यविधिको समेत नाम परिवर्तन गरी छुटेका विषय समेटेर नयाँ कार्यविधि बनाइएको उनले बताए ।
गर्भवती तथा ज्यान जोखिममा परेकाहरुलाई हेलिकोप्टरबाट अस्पतालमा पुर्याउन हवाई उद्धार सेवा प्रदायक संस्थाको छनोट गर्नुपर्ने व्यवस्था अनुसार बोलपत्र आह्वान गर्ने तयारी गरिएको प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बताए । “बोलपत्र आह्वानपछि प्रतिस्पर्धाका आधारमा छनोट भएका हवाई उद्धार सेवा प्रदायक संस्थासँग सम्झौता गरी निःशुल्क उद्धार सेवा सुरु हुने छ” मन्त्री जोशीले भने ।
कार्यविधिमा यसअघि समन्वय समितिको व्यवस्था भए पनि ती समिति कसको नेतृत्वमा बन्ने स्पष्ट व्यवस्था नभएकोले संशोधनपछि प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशकको संयोजकत्वमा हवाई उद्धार सेवा समन्वय समिति गठन गर्ने व्यवस्था गरिएको जोशीले बताए ।
सरकारी स्वास्थ्य संस्था वा अस्पतालबाट सेवा लिइरहेका र सो स्वास्थ्य संस्था वा अस्पतालमा महिलाको उपचार सम्भव नभई तत्काल आकस्मिक उपचार गरी ज्यान जोगाउनुपर्ने भनी स्वास्थ्यकर्मी वा चिकित्सकबाट प्रेषण र सिफारिस भएका महिलाले हवाई सेवा उद्धार सेवा प्रदान गरिने छ ।
ज्यान बचाउनको बनाइएको कार्यविधिको सिमा भने झण्झटिलो भएकोले सेवा लिन समस्या हुनसक्ने देखिएको छ । हवाई उद्दार गर्नेको लागि तोकिएको सिमा पार गर्न समय लाग्ने भएकोले सर्वसाधारणको पहुँच पुग्नेमा नै शंका गरिएको छ ।
बिरामीलाई हवाइमार्फत उद्धार गर्न सडक यातायात अवरुद्ध भई तत्काल एम्बुलेन्समार्फत प्रेषण गरिएको स्वास्थ्य संस्था वा अस्पतालसम्म लैजान अन्य विकल्प नरहेको अवस्थामा र प्रादेशिक अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकले महिलाको ज्यान जोखिममा रहेको र हवाई उद्धारमार्फत ज्यान जोगाउन सकिन्छ भनी सिफारिस भएको अवस्थामा महिलाले हवाई सेवा उद्धार सेवा पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । हवाई उद्धार सेवा सञ्चालनका लागि स्वास्थ्य निर्देशनालयले गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरी महिलाको हवाई सेवाबाट उद्धार गर्ने प्रव्रिmयाका लागि स्थानीय तहलाई समन्वय गर्ने गरी कार्यविधिमा जिम्मेवारी तोकिएको छ । यो प्रक्रिया लामो भएकोले कार्यान्वयमा जटीलता देखिएको अभियानकर्मीहरु बताउँछन् ।
कार्यविधिले स्थानीय तहलाई हेलिप्याड अध्यावधिक गरिराख्ने, स्वास्थ्य संस्था वा अस्पतालबाट हेलिप्याडसम्म पुग्ने सडक दुरुस्त राख्ने, हवाई सेवाबाट उद्धार गरिएकी गर्भवती तथा सुत्केरी महिलाको साथमा यात्रा गर्ने स्थानीय तहका स्वास्थ्यकर्मीको भ्रमण खर्च तथा अन्य खर्चको सोधभर्ना गर्नेलगायतका काममा समन्वय र सहजीकरण गर्नुपर्ने भनेको छ । साथै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई प्रेषण (सिफारिस) का लागि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, काठमाडौँ, त्रिविवि शिक्षण अस्पताल काठमाडौँ, भरतपुर अस्पताल चितवन, धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक र बागमती प्रदेशका प्रादेशिक अस्पताल गर्न सकिने गरी तोकिएको छ ।
यि सबै कदम पार गर्न समय लाग्ने र सामान्य व्यक्तिको पहुँच पुग्नेमा शंका गरिएको हो । मन्त्रालयका सूचना अधिकारी भुसालका चालु आवमा यस कार्यक्रमका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गएिको छ । उडान गर्दाको समय, अवतरण गरेको समय, उडान अवधिलगायतका विवरणका आधारमा हवाई सेवा प्रदायक संस्थाले भुक्तानी पाउने छ । उद्धारको व्रmममा महिला वा नवजात शिशुको मृत्यु भएमा आकस्मिक दुर्घटना मानिने कार्यविधिमा उल्लेख छ । आकस्मिक दुर्घटनामा महिला र नवजात शिशुको मृत्यु हुन गएमा कसैले कुनै प्रकारको क्षतिपूर्ति दाबी गर्न पाउने छैन ।