मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ जना सांसदले नाम फिर्ता लिएका छन् ।
मुख्यमन्त्री लामाविरुद्ध गत शुक्रबार काँग्रेस संसदीय दल बागमती प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । उक्त अविश्वासकाे प्रस्ताव दर्ता हुँदा हस्ताक्षर बुझाइएका सांसद माया श्रेष्ठ र मीना पराजुलीले नाम फिर्ता लिएको जनाएका छन् ।
विज्ञप्ति जारी गर्दै सांसदद्वयले जानकारीबिनै हस्ताक्षर गराएकोले असहमति रहेकाेले उक्त अविश्वासकाे प्रस्ताव फिर्ता लिएकाे गत आइतबार नै विज्ञप्ति जारी गरी बताएका छन् ।
श्रेष्ठ र पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,- ‘बागमती प्रदेश संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर सङ्कलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकाले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामालाई समर्थन रहेको ब्यहोरा अवगत गराउँदछौ ।’


