अन्नकाे भण्डार मानिने तराईकाे जिल्ला बाराकाे काेल्हवी नगरपालिका ५ बाेधवनमा अन्न भण्डारण गर्न बनाइएकाे ‘भकारी’ । बाँसबाट निर्मित भकारी (धनसार) घरको आङ्गन वा खाली स्थानमा राख्ने चलन भएकाे भए पनि पछिल्लाे समय लोप हुँदै गएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो । तराई–मधेशमा धेरै जमिन हुने जमिनदारदेखि मध्यम परिवारका किसानले समेत भकारी राख्ने गर्छन् ।
भकारीमा पानी पस्नबाट जोगाउन टाँड बनाई जमिनको सतहभन्दा माथि राखिन्छ । खरको छानो हालेर बनाइने भकारीमा अहिले टिन तथा अन्य उपयुक्त बस्तु प्रयोग गरी छानाे राख्ने समेत गरिएकाे पाइन्छ । भकारीलाई शुभ मानिने भएकाेले भकारीकाे पुजा गरेपछि मात्रै अन्न भण्डारण गर्ने चलन रहेको छ । किसानले अचेल धान, मकै लगायतका अन्न राख्न भकारीको प्रयोग कम हुने गरेको छ । प्लास्टिक तथा जस्तापाताबाट निर्मित वस्तु वा जुट तथा प्लास्टिक बोरामा अन्न राख्न थालिए पछि भकारी देख्न छाडिएकाे छ स्थानीयको भनाइ छ । तस्विरः आरपी गुरागाईं/सहीखबर

