मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाएकाे अबैध लागूऔषध गाँजा तथा अफिम खेती फडानी तथा नष्ट गरेकाे छ । लागूऔषध विशेष अभियान अन्तर्गत ७ मंसिर २०८१ बाट १ महिनाकाे अवधिमा अवैध रुपमा खेती गरिएका र प्राकृतिक रुपमा उम्रिएका ७५ बिगाह ७ कठ्ठा गाँजा र १२ बिगाह ३ कठ्ठा अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्लाको कैलाश गाउँपालिका,राक्सिराङ गाउँपालिका,थाहा नगरपालिका र बाग्मती गाउँपालिका अन्तर्गतका विभिन्न वडा क्षेत्रमा उक्त परिमाणकाे लागूऔषध फडानी गरिएकाे हाे । अबैध गाँजा तथा अफिम खेति नष्ट गर्ने कार्यको लागि ५ पुसबाट पुनः उक्त क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ । अन्य स्थानहरुमा क्रमशः अभियानको रुपमा फडानी तथा नष्ट गर्ने कार्यलाई निरन्तरता दिईने प्रहरीले जनाएकाे छ ।
तस्विरः जिल्ला प्रहरी कार्यालय मकवानपुर

