मकवानपुर । नारी सिप सिर्जना केन्द्र मकवानपुरले मानव बेचविखन रोकथामबारे सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
मकवानपुरमा मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबर्द्धन परियोजना अन्तरगत आज संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो । बनेका ऐन कानूनको प्रभावकारी कार्यान्वन नहुँदा बेचविखनको अवस्था परिवर्तन भएको र यसले झनै जटिल समस्या खडा गरेको सहभागीहरुले बताएका थिए । कार्यक्रममा अधिवक्ता मुकुन्द अधिकारीले श्रम, वैदेशिक रोजगारलगायतको बाहानामा बेचविखन जारी रहेको बताए ।
कार्यक्रम नारी सीप सृजना केन्द्र मकवानपुरका बोर्ड सदस्य दुर्गा नेपालको अध्यक्षतामा भएको थियो । गैरसरकारी संस्थाहरुले चालेको विभिन्न सचेतनामुलक कार्यक्रमले प्राप्त उपलब्धि तथा चुनौतीबारे अधिवक्ता अधिकारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक चिरन्जीबी पौडेल, फिल्ड संयोजक गिता अर्याल, परियोजना संयोजक ज्योती बम्जनलगायतकाले आमसञ्चारसँगको सहकार्यले मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबर्द्धनको लागि सहयोग पुग्ने बताए ।
