मकवानपुर। हेटौंडामा जारी चौथो सहिद स्मृती स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता घरेलु टोली विजय युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
हेटाैडाकाे पिप्ले क्याम्पा रङ्गशालामा जारी प्रतियोगिता घरेलु टोली विजय युथ क्लब नवजनजागृती युवा क्लव सिमरालाई ३–० गाेल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हाे। विजय युथ र नवजनजागृती बीच बुधबार निर्धारण गरिएको खेल बर्षाका कारण स्थगित भएकाे थियाे । स्थगित खेल आज विहीबार बिहान खेलाइएको थियो ।
विजय युथ र नवजनजागृती बीच भएकाे खेल पहिलो हाफमा गोल रहित भएकाे थियाे । दोस्रो हाफको ९ औँ मिनेटमा विजय युथका अमिर श्रेष्ठले पहिलो गोल गरेका थिए। दोस्रो हाफको १९ औँ मिनेटमा विजयी युथका सञ्जोग राईले दोस्रो गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको थप अतिरक्त समयमा सुनिल घलानले गोल गर्दै ३ का सुन्य गोल अन्तरले घरेलु टोली अन्तिम ४ मा पर्न सफल भएको हो। उक्त खेलको म्यान अफ द म्याच विजय युथका सुनिल घलान नै भए,उनले नगद १० हजार हात पारेका छन्।
३० जेठसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको ९एपीएफ० क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको म्याच कमिस्नर छवि सुवेदीले बताए ।
मोफसलको यो सबैभन्दा ठुलो धनराशीको यो प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैया सहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

