मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद र गोपनियताको सपथ लिएका छन् । विहीबार नियुक्त भएका ३ जना मन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गाेपनियताकाे सपथ लिएका हुन् । यसै गरी विहीबार नै नियुक्त भएका ३ जना राज्यमन्त्रीले प्रदेश प्रमुखकाे उपस्थितिमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सपथ गराएका छन् ।
बागमती प्रदेश मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम शुक्रबार ३ जना मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त भूमि व्यवस्था सहकारीमन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सपथ लिएका छन् ।
त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि सपथ लिएका हुन् । यससँगै बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयले फुल मन्त्री पाएकाे छ भने ४ जना राज्यमन्त्री नियुक्त भएका छन् ।
बागमती प्रदेशकाे मन्त्रिपरिषद्काे कार्य विभाजन

