हेटौंडा–१८ स्थित ज्योति माविमा भइरहेकाे राष्ट्रिय चित्रकला कार्यशालामा चित्र काेर्दै कलाकारहरु । चित्रकला कार्यशालाकाे बुधबार विद्यालयको ५५ औं स्थापना दिवसको अवसरमा उद्घाटन गरिएको हो । कार्यशालासँगै विद्यार्थीले आफ्ना कला र संस्कृतिलाई उजागर गर्न सक्नेछन् । विगत ४ वर्षदेखि नयाँ किसिमले अतिरिक्त क्रियाकलाप गर्दै आएकाे विद्यालयकाे कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारकाे सहभागिता रहेको छ। तस्विरहरुः हर्क रम्तेलकाे फेसबुकबाट








