मकवानपुर / जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १६ औं बार्षिक साधारणसभा हेटौंडामा भएको छ ।
१ सय ४० वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध संघमा ४ करोड ६ लाख ५५ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । संघको बचत ६६ करोड ७९ लाख ७८ हजार रुपैयाँ रहेको छ भने ऋण लगानी ३३ करोड ९७ लाख ३० हजार रुपैयाँ रहेको छ ।
संघ अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्य रहेको थियो । साधारणसभाको उद्घाटन समारोहमा संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, निवर्तमान अध्यक्ष तथा प्रदेश बचत संघ उपाध्यक्ष राधा सिंतान जिल्ला सहकारी संघ मकवानपुरका पूर्वअध्यक्ष बद्रिप्रसाद लम्सालको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा पुर्व अध्यक्ष लम्सालले सहकारीले सर्वसाधारणको अफ्ट्यारोमा साथ दिने गरेको बताए । ‘जहाँ संकट त्यहा सहकारी छ’ लम्सालले भने ‘त्यसैले सहकारी आपतको साथी हो ।’
कार्यक्रम भिमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले सहकारीको अभियानकर्मी समाजमा सकारात्मक परिवर्तन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । भौगोलिक रूपमा फरक फरक रहेका सहकारीहरूले फरक फरक भूमिका निर्वाह गर्दै आएको रानाले बताइन् । सहकारीको अभियानमा लाग्नेले राजनीति लडाइँ गर्न नहुने उनले बताइन् । पालिका भित्र स्थानीय सरकारले भन्दा राम्रो काम सहकारीले गरेको उनले बताइन् ।
संघमा ४ करोड ६ लाख ५५ हजार शेयर पुँजी तथा ६६ करोड ७९ लाख ७८ हजार बचत रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा विभिन्न बिधामा उत्कृष्ट सहकारी संस्था तथा व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको सचिब बिरेन्द्रप्रसाद ढुंगानाले बताए ।
यी हुन् सम्मानित व्यक्ति तथा संस्थाहरू:



