मकवानपुर । नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य विरोध खतिवडाले एकिकृत कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गरेको दावी गरेका छन् । मकवानपुरको फाखेल गाँउपालिकामा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले आफुहरु टुटेको र फुटेको नभई एकिकृत कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन युगको माग अनुसार पुर्नगठन गरिएको बताए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका नेता खतिवडाले आफुहरु गफका लागि आएका होइनौं, विगतको सरकारले गरेको विकृतिलाई हटाउछौं, जुन काम सुरु समेत भइसकेको छ ।’ ‘प्रत्येक वडामा आधारभुत स्वास्थ्य चौकी र हरेक पालिकामा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहज रुपमा पहुँच दिने गरी सरकारले योजना बनाइरहेको छ’ कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले भने ।
कुन्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बल, प्रदेश समिति सदस्य तथा जिल्ला अध्यक्ष श्रीधर पोखरेल, प्रदेश समिति सदस्य गौतमवुद्ध लामा, इन्द्रसरोवर गाँउपालिका अध्यक्ष तथा जिल्ला कमिटीका उपसचिव जीवन लामा, जिल्ला सचिवालय सदस्य तथा स्वास्थ्य मन्त्री खतिवडाका प्रमुख स्वकीय सचिव माधव तिमल्सिना, जिल्ला सचिवालय सदस्य तथा युवा संघका जिल्ला अध्यक्ष किरणमान बल लगायतको आतिथ्यता रहेको थियो ।
भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा एकिकृत समाजवादीको गाँउ पालिका स्तरीय कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदीयीय युवा संघको पालिका स्तरीय कमिटी गठन गरेको छ ।

