मकवानपुर । नेपालीहरुको दास्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक कार्तिक १६ गते मंगलबारबाट सुरु भएको छ । मंगलबार साँझ यमदीप दान गरेर तिहारको सुरुवात गरिएकाे छ । यमदीप दान, धनत्रयोदशी (धनतेरस) तथा धन्वन्तरी जयन्ती आज मंगलबार नै परेकाे छ । साेही अनुसार तिहारकाे सुरुवात भएकाे छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीप दान गर्ने शास्त्रीय विधि छ । यमदीप दान गरेमा यमराजको यातनाबाट मुक्ति पाइने धार्मिक विश्वास छ । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म ५ दिन मनाइने गरिन्छ ।
तिहार आजबाट सुरु भए पनि तिथिको घटबढका कारण काग तिहार र कुकुर तिहार दुबै कार्तिक १७ गते बुधबार परेको छ । कार्तिक १७ गते बुधबार काग तथा कुकुर तिहार र नरक चतुर्दशी परेको छ । कार्तिक १८ गते विहीबार लक्ष्मीपूजा मनाइँदैछ । कार्तिक १९ गते शुक्रबार गोवर्ध्दन पूजा तथा नेवारी समुदायमा म्ह–पूजा परेको छ भने कार्तिक २० गते शनिबार भाइटीका परेको छ ।
यसवर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मकवानपुर/ महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) १९७९ को छैठौं आवधिक प्रतिवेदनको सिफारिसहरुको कार्यान्वयनको अवस्था विषयक प्रदेशस्तरीय फलोअप गोष्ठी हेटौंडामा भएको छ ।
युवा सेवा समाज (युसेस) मकवानपुरले संयोजन गरेको कार्यक्रम बियोण्ड बेईजिङ्ग कमिटी नेपालले आयोजना गरेको हो ।
उदघाटन कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य तथा युवा सेवा समाज(युसेस) मकवानपुरका अध्यक्ष बुद्धशरण लामाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड)को परिचय, बिशेषता, अविभेदको सिद्धान्त, समानताको सिद्धान्त, समानता सम्बन्धि दृष्टिकोण, सिड महत्त्वपूर्ण हुनुको मुख्य कारण, विभिन्न अधिकारहरु, उजुरी गर्ने कार्यविधि, राज्यको दायित्व, प्रतिवेदन सम्बन्धि संयन्त्र, सिड समितिमा प्रस्तुत गरिने प्रतिवेदनको स्वरुपहरु, छायाँ प्रतिवेदनको परिचय, आवधिक प्रतिवेदन, महिलाको यौन, प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धि सिफारिसहरु, सरकारी प्रतिवेदनमा प्रस्तुत तथ्यांकहरु, स्वास्थ्य सम्बन्धि सुझावहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुको ५ समूह बनाई विद्यमान नीतिगत तथा कार्यक्रमिक व्यवस्था र अवस्था, उदयमान मुद्दाहरु, चुनौतिहरु, सिफारिसहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशाबारे छलफल गरि प्रस्तुतिकरण पनि गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका मकवानपुर, चितवन, काठमाडौं लगायत ९ जिल्लाका सरकारी/गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका योजना, बजेट तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश शर्मा, बागमती प्रदेश सामाजिक विकास मन्त्रालय महिला तथा बालबालिका महाशाखा अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश उपाध्यक्ष आरती पाठकलगायतको आतिथ्य रहेको थियो ।
बियोण्ड बेईजिङ्ग कमिटी नेपालकी कार्यक्रम अधिकृत रेयुशा चालिसेले स्वागत तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेको कार्यक्रममा स्रोतव्यक्ति बेनुमायाँ गुरुङले प्रस्तुतिकरण गरेकी थिईन् ।

मकवानपुर /हेटौंडा उपमहानगरपालिका भित्रको १९ वटै वडाबाट ३८ जना किशोरीहरूले आफूले बाल विवाह नगर्ने र बाल विवाह हुन लागेमा रोक्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिविन बाल हेल्प लाईन मकवानपुरको अभिमुखिकरण कार्यक्रममा सहभागी भएपछि उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“बालिका सशक्तीकरण गरौ” भन्ने नाराका साथ सिविन बाल हेल्प लाईन मकवानपुरले आयोजना गरेको नगर किशोरी भेलामा सहभागी भएपछि उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा हेटौंडा उपमहानगर उपप्रमुख मिना कुमारीले सामाजिक नेतृत्वको सवालमा बालबालिकाहरू पनि अग्रसर हुनुपर्ने बताइन् । बालबालिका स्वयमले सामाजिक गतिविधि बारे चासो राख्ने हो भने बाल विकासमा पहुँच पुर्याउन सकिने उनले बताइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटाले बाल विकासको सवालमा नगरले गरेको कार्यक्रम बारे जानकारी गराएका थिए ।
हेटौंडा उपमहानगरपालिकाको सबै वडाबाट प्रतिनिधि मुलक रुपमा बालिकाहरूको सहभागीता रहेको कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बाल विवाह तथा अनलाइन दुर्व्यवहारको बारेको अभिमुकरण गरिएको कार्यक्रम अधिकृत संझना अधिकारीले बताइन् ।
नगर किशोरी सन्जाल अध्यक्ष रनिस्ला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सिविन बाल हेल्प लाईनका प्रमुख झविन्द्र ज्ञवली, अधिकृत संझना अधिकारी र परियोजना अधिकृत दुतकुमार स्यङ्तानले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी किशोरीहरूले २० बर्ष उमेर नपुगी आफूले विवाह नगर्ने र बाल विवाह हुन नदिन स्वयमसेवी रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नगरका ३८ जना किशोरीहरूको सहभागीता रहेको थियो ।
एलिसा खड्काकाे अध्यक्षतामा सन्जाल गठन
यसैबिच हेटाैडा उपमहानगरपािलका वडा न १८ की एलिसा खड्काकाे अध्यक्षतामा नगर किशोरी सन्जाल गठन गरिएकाे छ । २१ सदस्यीय सञ्जालकाे उपाध्यक्ष रनिस्ला अर्याल (हेटाैडा १७), सचिव पुष्पा तामाङ (हेटाैडा २), सह सचिव पुष्पा थापा (हेटाैडा १), काेषाध्यक्ष सुजिता न्याैपाने (हेटाैडा ७) चयन भएका छन् ।
मकवानपुर । प्रहरीले मकवानपुरकाे कैलाशमा १० विगाहा क्षाेत्रफलमा लगाएकाे गाँजाखेती नष्ट गरेकाे छ । आइतबारबाट मंगलबारसम्म ३ दिन प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान चलाएकाे छ ।
साेही अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागू औषध नियन्त्रण ब्यूरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले कैलाश गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाएको गाँजा खेती नष्ट गर्दै आएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलीले आइतबारबाट कैलाश गाउँपालिका वडा नम्बर ७ को बासताल, कोथेलिटार, वडा नम्बर ४ बेलटार र धारापानी स्थितको वडा एरियामा १० बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर / मकवानपुरमा रहेको जेठो अस्पताल हेटौंडा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट अप्रेसन गरिएको छ ।
उपचार राम्रो नभएको गुनासो खेप्दै आएको अस्पतालमा पछिल्लो ३ बर्षयता विभिन्न बिधागत सफलता हासिल हुन थालेको छ ।
आज पहिलो पटक दुरबिन प्रबिधिबाट नाक, कान, घाँटी ( ENT) को अप्रेसन गरिएको छ । अस्पतालमा कार्यरत ENT सर्जन डा. अनुप सञ्जेल र अनुपम राज उपाध्यायको टिमले सफलतापूर्वक अरप्रेशन गरेको अस्पताल बिकास समितिले जनाएको छ ।
मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाका १३ वर्षीय बालक शिव स्याटघानीको नाकको सफल अप्रेशन भएको हो । प्रदेश सरकारले नेतृत्व गर्न थालेपछि हेटौंडा अस्पतालले स्वास्थ क्षेत्रमा फड्को मार्दै आएको छ ।