मकवानपुर । प्रहरीले मकवानपुरकाे कैलाशमा १० विगाहा क्षाेत्रफलमा लगाएकाे गाँजाखेती नष्ट गरेकाे छ । आइतबारबाट मंगलबारसम्म ३ दिन प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान चलाएकाे छ ।
साेही अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागू औषध नियन्त्रण ब्यूरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले कैलाश गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाएको गाँजा खेती नष्ट गर्दै आएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलीले आइतबारबाट कैलाश गाउँपालिका वडा नम्बर ७ को बासताल, कोथेलिटार, वडा नम्बर ४ बेलटार र धारापानी स्थितको वडा एरियामा १० बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

