वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ मा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित हुने भएका छन्।
नेपालकाे कुल जनसङ्ख्या को २० प्रतिशत भन्दा बढी अर्थात् लगभग ६० लाख मतदाताहरू विदेशमा छन्। अनुमानित तथ्याङ्कलाई आधार मान्दा कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८ काे २० प्रतिशत विदेश गएकाे देखिन्छ । त्यस्तै मतदानको काममा खटिने कर्मचारी २ लाख ६० हजार, सुरक्षाकर्मी ३ लाख गरी कुल ५ लाख ६० हजार मतदाता मताधिकारबाट वञ्चित हुने भएका हुन्।
स्थानीय तहको निर्वाचनमा झन्डै आधा मतदाता अनुपस्थित हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नबाट लगभग ६५ लाख मतदाता वञ्चित हुनु लोकतन्त्रको लागि राम्रो मानिदैन । २ सय ४ वटा मुलुकमध्ये १ सय ३७ वटा मुलुकमा बाहिरबाट पनि मतदान गर्न पाइने व्यवस्था रहेको छ ।
सर्वोच्च अदालतको आदेशका बाबजुद सरकारले सबै नागरिकलाई मताधिकार प्रयोगको व्यवस्था गर्न नसकिएकाे हाे । सर्वोच्च अदालतले बि.सं २०७५ स्थानीय निर्वाचन २०७९ मा लागू हुने गरी विदेशमा रहेका मतदाताले पनि मताधिकार पाउनुपर्ने निर्देशनात्मक आदेश दिएको थियो। सरकारले निर्वाचन मानवअधिकारको विषयसँग जाेडिएकाेले कसैलाई वञ्चित गराउन नमिल्ने विज्ञहरु बताउँछन् ।
संविधान सभा सदस्य डा. खिमलाल देवकोटाले अनलाइन भोटिङ, अर्ली भोटिङ र पोस्टल भोटिङमार्फत देश तथा विदेशमा रहेका मतदातालाई मताधिकारको व्यवस्था गर्न सकिने बताए। उनले सर्वोच्च अदालतले आजभन्दा ४–५ वर्ष अघि नै यस सम्बन्धमा आवश्यक व्यवस्था गर्नू भनी परमादेश जारी गरिसकेको, तत्कालीन सरकारले गर्न सकिने उल्लेख गरेको र निर्वाचन आयोगले तत्सम्बन्धी कानुन संशोधन गर्न आवश्यक बन्दोबस्त गरेको अवस्थामा पनि सरकारले कानुन संशोधन नगर्दा लगभग ६५ लाख मतदाता मताधिकारबाट वञ्चित हुनु दुःखद रहेको बताए।
संविधान सभा सदस्य देवकोटाले बहुमत मतदाता अनुपस्थित रहेर अल्पमत मतदाताले मतदान गरी अल्पमत मध्येको बहुमतलाई नेपालले लोकतन्त्र मान्नुपर्ने विडम्बना देखिएको बताए। उनले यसबारेमा गम्भीर अध्ययन गरी तत्काल कानुन संशोधन गर्नुपर्नेमा जोड दिए।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत आज मगलबार राति १२ बजेबाट मौन अवधि लागु हुने भएकाे छ । स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते हुने भएकाेले निर्वाचनकाे ७२ घण्टा अगाडी नै माैन अवधी सुरु हुने भएकाे हाे ।
मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । आयोगले माैन अवधीकाे प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । यस्तै यो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन ।
यस्तै मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट सेयर गर्न वा गराउन पाइनेछैन । आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न पनि सबैमा आग्रह गरेको छ ।
मौन अवधिभर निर्वाचन प्रचार–प्रसार गर्न, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष/विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ ।
मौन अवधिमा कसैले पनि उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, मास्क, ब्याचजस्ता सांकेतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न–गराउन पाइनेछैन ।
निर्वाचन आचारसंहिता पालन भए/नभएको अनुगमनका लागि अनुगमन टोली पनि आयोगले परिचालन गरेको छ । उक्त टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्नसक्नेछ ।

बर्ड फ्लू प्रमाणित भएपछि हेटौंडाको ६ हजार कुखुरा नष्ट गरियो
Tags: No Comments
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको २ स्थानमा व्यवसायीक कुखुरा फार्ममा बर्ड फ्लू प्रमाणित भएपछि आज ६ हजार कुखुरा नष्ट गरिएको छ ।
हेटौंडा १८ हर्नामाडीको एउटा र हेटौंडा ७ नागश्वतीको दुईवटा व्यवसायीक कुखुरा फार्ममा रहेका कुखुरा एक्कासि मर्न थालेपछि पिसिआर टेस्ट गर्दा बर्ड फ्लू प्रमाणित भएको थियो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार हेटौंडा–७, नागश्वती र हेटौंडा–१८, हर्नामाडी क्षेत्रमा बर्डफ्लु पुष्टि भएको हो । हेटौंडा उपमहानगरपालिका वडा न १८ हर्नामाडीमा राजकुमार दुलालको फार्ममा रहेको १ हजार ५ सय कमर्सियल लेयर्स प्रजातिको कुखुरामा बर्ड फ्लू पुष्टि भएपछि २४ गते कुखुरा नष्ट गर्ने तयारी गरिएको थियो ।
तर कुखुरा नष्ट गर्न गएको बिज्ञ टोलिलाई नै आशंका लागेपछि पुन: नमुना परिक्षण गर्न पठाईएकोमा फेरि पनि पोजेटिभ नतिजा आएको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए। बैठकमा कुखुरा व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा कुखुरा नष्ट गरिएको हो ।
यता हेटौंडा–७ को रिना थापाको रितिका पोल्ट्री फर्म र रामू सिलवालको रिया पोल्ट्री फर्ममा बर्डफ्लु प्रमाणित भएको रिपोर्ट आज प्राप्त भएको हो । कुखुरा मरेपछि गतशुक्रबार ल्याब परीक्षण गर्न काठमाडौंस्थित पशु रोग अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो ।
आज कुखुरा ६ हजार वटा, अन्डा ११ हजार ५९६ वटा, दाना ३ बोरा नष्ट गरिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारले बताए । ११ दिनअघि हेटौंडा ७ नागश्वतीमा बर्ड फ्लू पुष्टि भएपछि लेयर्स कुखुरा ३ हजार ४५३ वटा, अण्डा ५ हजार ७८० गाेटा र ४५० केजी दाना नष्ट गरिएको थियो ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुर मकवानपुर भोलि २७ बैशाखको रातीबाट मादक पदार्थ बिक्री तथा सेवन प्रतिबन्ध गरेको छ ।
प्रशासनले ३० बैशाखमा हुने स्थानीय सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भन्दै यस्तो निर्णय गरेको हो । २७ बैशाखको राती १२ बजेबाट जिल्लाभर मादक पदार्थको सेवन तथा विक्रि वितरणमा रोक लगाउने बारे सूचना मार्फत जानकारी गराएको छ ।
आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले ३० बैशाखसम्म जिल्लाभर मादक पदार्थको सेवन तथा विक्रि वितरणमा रोक लगाईएको जनाएको छ ।

यसैगरि,मतगणनास्थलको ५ सय मिटर आसपास क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्म मादक पदार्थ बिक्री वितरण बन्द गर्न आग्रह गरेको छ । निर्वाचन कार्यतालिका अनुसार २७ बैशाखको रात १२ बजेपछि मैन अवधी सुरू हुदैछ । यो समयमा चुनाव लक्ष्यित कुनैपनि गतिविधि गर्न पाईने छैन ।
मकवानपुर । मकवानपुरको बकैया गाउंपालिकामा चुनावी माहोलको विषयमा गठबन्धन भित्रै विवाद हुदा झडप भएको छ । झडपमा परि २ जना घाइते भएका छन् ।
बकैया गाउँपालिका वडा ७ कत्लेखोलामा भएको विवादमा कुटाकुट हुंदा दुईजना घाईते भएका छन् । कुटपिटबाट नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरेको बुझिएको प्रहरीले जनाएको छ ।
राईले माओवादी केन्द्रका कत्लेखोला टोल कमिटि अध्यक्ष विष्णु राई र राप्रपा गाउँकमिटि उपाध्यक्ष हरि राईलाईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया वडा नंबर ७ की चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले जानकारी दिईन् ।

घाइते विष्णु र हरिको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको माझीको भनाई छ । घटनाबारे जानकारी दिँदै प्रहरी कार्यालय हात्तिसुडेका सई दमन तामाङले आफूहरुलाई दुबै पक्षको निवेदन आएको र घाईतेको उपचार पश्चात घटनाको विषयमा थप छानविन हुने बताए ।
बकैयामा गाउँपालिकामा स्थानीय तह निर्वाचनको लागि गठबन्धनबिच उम्मेदवारको भागबन्डामा चित्त नबुझेर दलहरूले आ आफूले उम्मेदवारी दर्ता गरेका थिए । पछि सामन्य सहमतीपछी उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई जिताउने अभियानमा दलहरू लागेका थिए । यद्यपि आज फेरी कांग्रेस र माओवादी केन्द्र बिचको बिवाद मैदान मै देखिएको छ ।
