मकवानपुर । जनआन्दोलन २०६२/०६३ पछि मकवानपुरबाट संघीय सरकारमा पहिलो पटक मन्त्रीको प्रतिनित्व गरेका बिरोध खतिवडाले पद छाड्नु परेको छ ।
नेकपा एमालेमा रहदा मन्त्रीको दाबि नपुगेको भन्दै ‘ब्याक’ गराइदै आएका खतिवडा नेकपा फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । गत २२ असोजमा खतिवडा मन्त्री बनेका खतिवडा ठ्याक्कै ८ महिनापछि पदबाट हाट्नु परेको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा खतिवडा छैटौं नम्बरको वरीयतामा थिए ।
उनकै नेतृत्वमा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको हो। खतिवडाले एमालेमा रहँदा मन्त्री बन्ने अवसर पाएका थिएनन्। २०४८ सालमा पहिलोपटक निर्वाचित बनेका उनी त्यसयता चारपटकसम्म सांसद बने तर, मन्त्री बन्न सकेका थिएनन्। एमालेबाट छुट्टिएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी निर्माण भएको डेढ महिनामै खतिवडाले मन्त्री बन्ने अवसर पाएका थिए ।
कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका खतिवडा आफ्नो कार्यकालमा धेरै राम्रो काम गरेको बताए ।खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाएका थिए तर पार्टीले फिर्ता बेलाउने निर्णय गरेसँगै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका खतिवडाको मन्त्री पद गुमेको छ ।
आइतबार नेकपा एकीकृत समाजवादी पार्टीले संघीय सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने खतिवडासहित सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेर नयाँ नाम पठाएको छ । पार्टीले भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिने निर्णय गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको छ ।
मकवानपुर । ५० औं विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित सचेतना र्यालिमा टोल विकास संस्था तर्फ हेटौंडा ५ को अब्बलडाँडा टोल विकास संस्था र विद्यालय तर्फ हेटौंडा १ को अमर माबि पहिलो भएको छ।
टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा बिद्यालय तर्फ भुटदेवी स्काउट र नवज्योति माबि क्रमश द्वितीय र तृतीय भएका छन् । यसैगरी टोल विकास संस्थातर्फ हेटौंडा ८ को विकास टोल विकास संस्था द्वितीय तथा हेटौंडा ४ को सुर्यभैरव टोल विकाससंस्था तृतीय भएको छ । यसैगरी हेटौंडा ४ कै चिसापानी टोलविकास संस्था र हेटौंडा ११ को झोर्लुङ्गेपुल टोल विकास संस्था चौथो भएको संस्थाको सचिव शिवहरी दाहालले बताए ।

कार्यक्रममा बागमती प्रदेशका वन मन्त्री विशाल खड्काले बिचार र राजनीतिलाई पर्यावरणसँग जोडेर अघि बढ्नु पर्ने बताए । वातावरण जोगाउन मानवमैत्री विकास आवश्यक भएको भन्दै मन्त्री खड्काले जलवायु परिवर्तनको पीडा सबैले भोग्नु पर्ने भएकोले यसको सुरक्षामा चासो राख्नुपर्ने बताए ।
कार्यक्रम प्रदेश सभा सदस्य मुनु सिग्देलले पर्यावरण बचाउन सबैले आफ्नो स्थानबाट लागिपर्नु पर्ने बताइन् । यसैगरी मेयर मिना लामा तथा उपमेयर राजेश बानिँयाले टोल विकास संस्थाले वचत संकलनमा भन्दा टोलको सरसफाइ र विकासमा चासो दिनुपर्ने बताए । कार्यक्रम समितिका अध्यक्ष ध्रुव अधिकारको सभाध्यक्षमा भएको हो ।
मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण अन्तर्गत एपीएफ क्लब विजयी भएको छ । आइतबार बिहान भएकोे खेलमा नेपाल एपीएफ फुटबल क्लबले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
शनिबार भारी वर्षाका कारण पिप्ले–क्याम्पा रंगशालाको खेल मैदान जलमग्न भएपछि स्थगित भएको खेल आइतबार बिहान खेलाइएको थियो । एपीएफ फुटबल क्लबका प्रदीप लामा म्यान अफ द म्याच घोषित हुँदै दश हजार नगद रुपैयाँ नगद पाएका छन् ।
आइतबार दिउँसो खुमलटार युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख नगद पुरस्कार पाउनेछ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
मकवानपुर । मकवानपुर फुटबल संघको आयोजनामा जारी स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको शनिबारको खेल स्थगित भएको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबारको खेल हेटौडामा भारी बर्षा भएपछि स्थगन गरिएको खेल संयोजक प्रताप बिष्टले बताए । बर्षाको कारण खेल मैदानमा पानी जमेर आल बनेपछि शनिबारको खेल स्थगन भएको हो। खेल तालिका अनुसार शनिबार आजको खेल एपीएफ र फ्रेण्डस क्लब बिच रहेको थियो ।
शनिबार दिउँसो हेटौंडामा भारी बर्षा भएको थियो । खेल मैदानमा पानी जमेर खेल्न सक्ने अबस्था नरहेका कारण शनिबारको खेल आईतबार बिहान ८:३० बजे देखी आयोजना गरिने बिष्टले बताए । साथै आईतबार अपरान्हको प्रतियोगिता नेपाल पुलिस र खुमलटार क्लब बिच हुने तालिका रहेको छ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
मकवानपुर । सप्ताहव्यापी रूपमा विश्व वातावरण दिवसका मनाउने सन्दर्भमा आज हेटौंडामा वातावरणीय सचेतना मूलक सन्देश सहितको साइकल र्याली गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । टोल विकास संस्था नगर समन्वय समितिको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।
उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्याली चौघडा, हटिया, रातोमाटे, बजार क्षेत्र हुँदै पुन उपमहानगरपालिका कार्यालयमा आएर समापन गरिएको थियो । उपमहानगरपालिका प्रमुख मेयर मिना कुमारी लामाले साइकल र्यालीको उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको आतिथ्यता रहेको थियो । टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडाका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताए । भोलि बृहत र्याली तथा झाँकी सहित वातावरण संरक्षण बारे जनचेतना र्याली गर्ने तयारी भएको अध्यक्ष अधिकारीले बताए ।
हेटौंडा उपमहानगरपालिका भित्रका ४ सयबढि टोल विकास संस्था, सामाजिक संघसंस्था तथा वन समितिहरूले र्यालीमा सहभागिता जनाउने छ । र्यालीमा सर्वोत्कृष्ट हुनेलाई प्रोत्साहन स्वरुप १५ हजार प्रदान गरिने सचिब ज्ञानबहादुर थापाले बताए ।
