मकवानपुर । मकवानपुरे लेखक छवि अनित्यद्वारा लिखित पुस्तक ‘शिक्षकको भाषा’ पुर्व विद्यार्थीहरूले उपहारस्वरूप शिक्षकहरूलाई प्रदान गरेका छन् ।
वंशगोपाल माध्यमिक विद्यालय, चौघडाका शिक्षकहरूलाई पूर्व विद्यार्थी दम्पतीले पुस्तक उपहार दिएका हुन् । हेटौंडा – ६, हात्तीलेट निबासी अरुण सापकोटा र मालती फयलले लेखक अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ २५ थान उपहारस्वरुप प्रदान गरेका हुन् ।
आज विद्यालयमा एक अनौपचारिक समारोहका बीच फयलले सो उपहार विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई हस्तान्तरण गरकी हुन् । पुस्तक ग्रहण गर्दै प्रधानाध्यापक लामिछानेले शिक्षकहरूका लागि उपयोगी पुस्तक प्रदान गरेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद दिए ।
शिक्षकहरुको पठन संस्कृति विकासमा यस किसिमका कार्यले योगदान गर्ने भन्दै प्रधानाध्यापक लामिछानेले प्रत्येक शिक्षकले पुस्तकको अध्ययन गर्ने विश्वास व्यक्त गरेका छन् । लामो समय शिक्षण पेसामा सक्रिय लेखक अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ शनिबार हेटौंडामा विमोचन भएको थियो ।
अभिभावक शिक्षक तथा विद्यार्थीहरूको लागि पठनीय सामग्री समाबेश गरेर तयार गरिएको लेखक अनित्यले बताए ।
मकवानपुर । नेकपा एमाले सधै श्रमिकको पक्षमा रहेको पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य रामेश्वर रानाले बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) हेटौंडा उपमहानगर पालिका कमिटको भेला तथा प्रशिक्षण कार्यक्रममा नेता रानाले यस्तो बताएका हुन् ।
एमालेले नै योगदानमा आधारित सामाजिक सुरक्षाको सुरु गरेको दाबि गर्दै आगामी मंसिर ४ को चुनाव पछि एमालेको सरकारमा बन्न दाबि गरे । सबै श्रमीकहरुको लागि सामाजिक सुरक्षाको ग्यारेन्टी एमालेले नै लागू गर्ने उनले बताए । आगामी निर्वाचनमा एमालेको जित सुनिस्चित भएको र सामाजिक न्याय र लोककल्याणकारी राज्य ब्यवस्था स्थापनाको लागि एमालेलाई जिताउन श्रमिकलाई परिचालित हुन उनले आग्रह गरे ।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले श्रमिकहरुले बनाएको पार्टीको संरक्षण श्रमिकहरुले नै गर्नुपर्ने बताए । आगामी निर्वाचनमा एमालेलाई जिताउन हरेक श्रमिकले २ मत बढाउने र ५ मत सुरक्षा गर्ने कामकालागि योजना बनाएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्यहरु एबं मजदुर इन्चार्ज अर्जुन ढुङेल र गिता कार्किले पार्टी राजनीतिकाे बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रम बारेमा जानकारी गराएका थिए । यसैगरी उपाध्यक्ष अर्जुन अर्यालले ट्रेड युनियन र राजनिती बारे प्रशिक्षण गराएको पार्टी सचिब नबिन सिग्देलले बताए ।
भेलाले नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मजदुर इन्चार्ज अर्जुन ढुंगेलको संयोजकत्वमा जिफन्ट आवद्ध घटकका प्रतिष्ठान इकाई तहका कमिटीका पदाधिकारी सदस्यहरु रहेको ३५१ सदस्यीय मजदुर क्षेत्र निर्वाचन परिचालन कमिटी समेत निर्माण गरेको छ । कमिटीका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
मकवानपुर । बर्षासंगै परेको चट्याङको कारण मकवानपुरको बकैया गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
चट्याङ पर्दा बकैया–११ स्थित आहाल डाँडाका ५५ वर्षीय आइत सिं भोलनको घटनास्थल मै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
सोमबार साँझ ७ बजेर ४० मिनेटको चट्याङले उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङकै कारण भोलनको घर नजिकै रहेको भीम बहादुर स्याङ्तानको गोठमा एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।
मकवानपुर । नेपाल समाजवादी पार्टी निकट पत्रकाहरुको संस्था प्रेस नेपालको अध्यक्षमा मकवानपुरका मनोज शर्मा ढोडारी चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न बौद्धिककर्मी महासंघका घटकहरुको पुनर्गठन भेलाले तत्कालिन प्रेस मन्चका उपाध्यक्ष रहेका शर्मालाई अध्यक्ष चयन गरेको हो । हेटौंडा २ निवासी ढोडारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
वाणिज्य संकायमा स्नातकोत्तर मनोज दुई दशक अघिदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकार शर्मा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कार्य समिति सदस्य हुन् । हाल निरन्तर न्युजडटकमका वरिष्ठ सम्पादक जिम्मेवारीमा रहेका शर्मासंग विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।
पूर्बप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको सचिवालय बसेर कार्य गरिसकेका पत्रकार शर्मासँग कुटनैतिक र राजनितिक रिपोर्टिङको समेत अनुभव रहेको छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध भएर आफूले भोगेको अनुभव तथा पत्रकारलाई दक्ष र समृद्धिमुखी बनाउन लागि आफू सक्रियतापूर्वक लाग्ने उनको भनाई छ ।
त्यस्तै संगठनको उपाध्यक्षहरुमा बिरेन्द्र साह हिटलर, राम बिनय साह, सत्य प्रकाश यादव चयन भएका छन् । महासचिवमा बिदुर ढुगेल उपमहासचिवमा उज्वल पौडेल सचिवमा रमेश पोखरेल र कोषाध्यक्षमा गणेश आचार्य चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा यज्ञ कार्की, मन्जु शाही, सुमित्रा घिमिरे, ललन चौरासिया, सन्जय महर्जन, सन्तोष गौतम, रियाज पौडेल, रामचन्द्र तिम्सेना, लोकश कुमार अधिकारीलगायत रहेका छन् ।
जिम्मेवारी पाएका पदाधिकारीहरुलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिएका थिए । सातौं संविधानन दिवसको अवसरमा भएको कार्यक्रममा डाक्टर भट्टराईले संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीतर्फ संविधान अधुरो रहेको भन्दै संशोधनमार्फत अघि बढ्न समेत अपिल गरेका हुन् ।
मकवानपुर । थारू महिलाको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरि मनाईएको छ ।
थारु कल्याणकारीणी सभा, थारु महिला सभा, थारु युवा सभा र थारु विद्यार्थी सभा मकवानपुरले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।
शनिवार सामुहिक स्नान, पुजापाठ र भोजन, आईतबार जीतवहान भगवानको ब्रत तथा जितिया कथा बाचन र सोमबार साँस्कृतिक सहित विशेष कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारीणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताए । कार्यक्रम थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा थारु महिला सभा मकवानपुरकी सभापती द्रौपती चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा थारु भेषभुषा लगाएर भेला भएका थारु युवक-युवतीहरुले थारु, नेपाली, हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा थारु कल्याणकारीणी सभा मकवानपुरका सभापती हरिलाल चौधरी, उपसभापती अमिता चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापती राजेश चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
