मकवानपुर । नेकपा एमाले सधै श्रमिकको पक्षमा रहेको पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य रामेश्वर रानाले बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) हेटौंडा उपमहानगर पालिका कमिटको भेला तथा प्रशिक्षण कार्यक्रममा नेता रानाले यस्तो बताएका हुन् ।
एमालेले नै योगदानमा आधारित सामाजिक सुरक्षाको सुरु गरेको दाबि गर्दै आगामी मंसिर ४ को चुनाव पछि एमालेको सरकारमा बन्न दाबि गरे । सबै श्रमीकहरुको लागि सामाजिक सुरक्षाको ग्यारेन्टी एमालेले नै लागू गर्ने उनले बताए । आगामी निर्वाचनमा एमालेको जित सुनिस्चित भएको र सामाजिक न्याय र लोककल्याणकारी राज्य ब्यवस्था स्थापनाको लागि एमालेलाई जिताउन श्रमिकलाई परिचालित हुन उनले आग्रह गरे ।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले श्रमिकहरुले बनाएको पार्टीको संरक्षण श्रमिकहरुले नै गर्नुपर्ने बताए । आगामी निर्वाचनमा एमालेलाई जिताउन हरेक श्रमिकले २ मत बढाउने र ५ मत सुरक्षा गर्ने कामकालागि योजना बनाएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्यहरु एबं मजदुर इन्चार्ज अर्जुन ढुङेल र गिता कार्किले पार्टी राजनीतिकाे बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रम बारेमा जानकारी गराएका थिए । यसैगरी उपाध्यक्ष अर्जुन अर्यालले ट्रेड युनियन र राजनिती बारे प्रशिक्षण गराएको पार्टी सचिब नबिन सिग्देलले बताए ।
भेलाले नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मजदुर इन्चार्ज अर्जुन ढुंगेलको संयोजकत्वमा जिफन्ट आवद्ध घटकका प्रतिष्ठान इकाई तहका कमिटीका पदाधिकारी सदस्यहरु रहेको ३५१ सदस्यीय मजदुर क्षेत्र निर्वाचन परिचालन कमिटी समेत निर्माण गरेको छ । कमिटीका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

