मकवानपुर । मकवानपुरे लेखक छवि अनित्यद्वारा लिखित पुस्तक ‘शिक्षकको भाषा’ पुर्व विद्यार्थीहरूले उपहारस्वरूप शिक्षकहरूलाई प्रदान गरेका छन् ।
वंशगोपाल माध्यमिक विद्यालय, चौघडाका शिक्षकहरूलाई पूर्व विद्यार्थी दम्पतीले पुस्तक उपहार दिएका हुन् । हेटौंडा – ६, हात्तीलेट निबासी अरुण सापकोटा र मालती फयलले लेखक अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ २५ थान उपहारस्वरुप प्रदान गरेका हुन् ।
आज विद्यालयमा एक अनौपचारिक समारोहका बीच फयलले सो उपहार विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई हस्तान्तरण गरकी हुन् । पुस्तक ग्रहण गर्दै प्रधानाध्यापक लामिछानेले शिक्षकहरूका लागि उपयोगी पुस्तक प्रदान गरेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद दिए ।
शिक्षकहरुको पठन संस्कृति विकासमा यस किसिमका कार्यले योगदान गर्ने भन्दै प्रधानाध्यापक लामिछानेले प्रत्येक शिक्षकले पुस्तकको अध्ययन गर्ने विश्वास व्यक्त गरेका छन् । लामो समय शिक्षण पेसामा सक्रिय लेखक अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ शनिबार हेटौंडामा विमोचन भएको थियो ।
अभिभावक शिक्षक तथा विद्यार्थीहरूको लागि पठनीय सामग्री समाबेश गरेर तयार गरिएको लेखक अनित्यले बताए ।

