मकवानपुर । बर्षासंगै परेको चट्याङको कारण मकवानपुरको बकैया गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
चट्याङ पर्दा बकैया–११ स्थित आहाल डाँडाका ५५ वर्षीय आइत सिं भोलनको घटनास्थल मै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
सोमबार साँझ ७ बजेर ४० मिनेटको चट्याङले उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङकै कारण भोलनको घर नजिकै रहेको भीम बहादुर स्याङ्तानको गोठमा एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

