मकवानपुर । हेटौंडामा जारी मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधिमा मकवानपुरगढी गाउँपालिकाले जित हात पारेको छ ।
बुधबार हेटौंडाको हुप्रचौरमा भएको फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै उपाधी जितेको हो । मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै मकवानपुरगढीले नगद ५० हजार सहित शिल्ड, मेडल हात पार्दा उपविजेता बकैयाले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल हातपार्न सफल बन्यो ।
प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित भईन् । मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन, उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दिपिका कार्की भए ।
प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले पुरस्कार प्रदान गरेकी थिईन् ।
यसअघि सोमबार सम्पन्न उपेमयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता तथा उपविजेतालाई पनि बुधबार नै सिल्ड, मेडल तथा प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको छ । उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दुबै उपाधि हेटौंडा–१७ ले जितेको थियो । पुरुषतर्फ हेटौंडा–१९ उपविजेता बनेको हो । महिलातर्फ हेटौंडा–५ उपविजेता बनेको थियोे ।
मकवानपुर । बागमती प्रदेश प्रमुख माननीय यादवचन्द्र शर्मा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयले आफ्नो प्रतिवेदन बुझाएको छ ।
आयोगले आर्थिक वर्ष २०७८/०७९ को बत्तिसौं वार्षिक प्रतिवेशन पेश गरेको हो । आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमीरेले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई पेश गरेका हुन् ।
प्रतिवेदन पेश गर्ने कार्यक्रममा मन्तव्य राख्दै प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तिवेदनमा आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयबस्तु समेटिएको वार्षिक प्रतिवेदनको सार संक्षेप प्रस्तुती रहेको कार्यालयका प्रमुख घिमीरेले बताए ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि ११ असोज २०७९ मा पेश हुन आएको अध्यादेश प्रमुख शर्माले आज बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।
अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।
त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’’ खारेज गरेको छ ।
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाकाे लागि निर्वाचन आयोगले आज बुधबारबाट निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।
आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् । आयाेगले आचार संहिता लागु भएकाे बेलामा गर्न हुने र नहुने कामकाे बारेमा यस अघि नै सार्वजनिक गरिसकेकाे छ ।
मकवानपुर । मकवानपुरमा मंगलबार १ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा १ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या २ हजार ६ सय ९१ जना पुगेको छ ।
मंगलबार डेंगु संक्रमण पुष्टि हुनेमा १ सय ५३ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । याे सँगै हेटौडामा डेंगुका २ हजार ४ सय १६ जनामा डेंगु संक्रमण पुष्टी भएकाे छ । यस्तै मकवानपुरगढी गाउँपालिकाका मंगलबार ५ जना डेंगु संक्रमण थपिएसँगै हालसम्म ४२ जनामा पुष्टि भएकाे छ । मंगलबार बागमती गाउँपालिकाका ५ जना थपिएसँगै हालसम्म ६ जनामा डेंगु संक्रमित भएका छन् ।
यसैगरि मंगलबार १ जना संक्रमित थपिएसँगै हालसम्म कैलाश गाउँपालिकाका ५ जनामा, १२ जना संक्रमित थपिएसँगै हालसम्म मनहरी गाउँपालिकाका ११५ जनामा, ७ जना संक्रमित थपिएसँगै हालसम्म भीमफेदी गाउँपालिकाका २६ जनामा, २ जना संक्रमित थपिएसँगै बकैया गाउँपालिकाका हालसम्म ५ जनामा र १ जना संक्रमित थपिएसँगै राक्सिराङ गाउँपालिकाका हालसम्म ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयकाे तथ्याङ्क अनुसार मंगलबार ठेगाना नखुलेकाे १ जना तथा अन्य जिल्लाकाे २ जनामा समेत डेंगु संक्रमित पुष्टि भएकाे छ । यस्तै मकवानपुरकाे थाहा नगरपालिकामा हालसम्म ५६ जनामा संक्रमण पुष्टि भएकाे छ भने इन्द्र सराेवर गाउँपालिकामा हालसम्म डेंगु संक्रमित पुष्टि भएकाे छैन । जिल्लामा डेंगु संक्रमणका कारण जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर २५ हजार ५ सय ४३ जना डेंगु संक्रमणका बिरामी भेटिएका छन् । सातै प्रदेश अन्तर्गत ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाे मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख छ । नेपालमा हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ ।
नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७ सय ७५, मधेश प्रदेशमा ३ सय ८०, बागमतीमा १९ हजार ९ सय १०, गण्डकीमा ५ सय ५६, लुम्बिनीमा २ हजार ८ सय ८७, कर्णालीमा २ सय ३१ र सुदुरपश्चिम प्रदेशमा ८ सय ४ जनामा डेंगु देखिएको छ ।
स्वास्थ्य कार्यालयकाे तथ्याङ्क

स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क

