मकवानपुर । बागमती प्रदेश प्रमुख माननीय यादवचन्द्र शर्मा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयले आफ्नो प्रतिवेदन बुझाएको छ ।
आयोगले आर्थिक वर्ष २०७८/०७९ को बत्तिसौं वार्षिक प्रतिवेशन पेश गरेको हो । आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमीरेले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई पेश गरेका हुन् ।
प्रतिवेदन पेश गर्ने कार्यक्रममा मन्तव्य राख्दै प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तिवेदनमा आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयबस्तु समेटिएको वार्षिक प्रतिवेदनको सार संक्षेप प्रस्तुती रहेको कार्यालयका प्रमुख घिमीरेले बताए ।

