मकवानपुर । मकवानपुरमा मंगलबार १ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा १ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या २ हजार ६ सय ९१ जना पुगेको छ ।
मंगलबार डेंगु संक्रमण पुष्टि हुनेमा १ सय ५३ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । याे सँगै हेटौडामा डेंगुका २ हजार ४ सय १६ जनामा डेंगु संक्रमण पुष्टी भएकाे छ । यस्तै मकवानपुरगढी गाउँपालिकाका मंगलबार ५ जना डेंगु संक्रमण थपिएसँगै हालसम्म ४२ जनामा पुष्टि भएकाे छ । मंगलबार बागमती गाउँपालिकाका ५ जना थपिएसँगै हालसम्म ६ जनामा डेंगु संक्रमित भएका छन् ।
यसैगरि मंगलबार १ जना संक्रमित थपिएसँगै हालसम्म कैलाश गाउँपालिकाका ५ जनामा, १२ जना संक्रमित थपिएसँगै हालसम्म मनहरी गाउँपालिकाका ११५ जनामा, ७ जना संक्रमित थपिएसँगै हालसम्म भीमफेदी गाउँपालिकाका २६ जनामा, २ जना संक्रमित थपिएसँगै बकैया गाउँपालिकाका हालसम्म ५ जनामा र १ जना संक्रमित थपिएसँगै राक्सिराङ गाउँपालिकाका हालसम्म ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयकाे तथ्याङ्क अनुसार मंगलबार ठेगाना नखुलेकाे १ जना तथा अन्य जिल्लाकाे २ जनामा समेत डेंगु संक्रमित पुष्टि भएकाे छ । यस्तै मकवानपुरकाे थाहा नगरपालिकामा हालसम्म ५६ जनामा संक्रमण पुष्टि भएकाे छ भने इन्द्र सराेवर गाउँपालिकामा हालसम्म डेंगु संक्रमित पुष्टि भएकाे छैन । जिल्लामा डेंगु संक्रमणका कारण जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर २५ हजार ५ सय ४३ जना डेंगु संक्रमणका बिरामी भेटिएका छन् । सातै प्रदेश अन्तर्गत ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाे मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख छ । नेपालमा हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ ।
नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७ सय ७५, मधेश प्रदेशमा ३ सय ८०, बागमतीमा १९ हजार ९ सय १०, गण्डकीमा ५ सय ५६, लुम्बिनीमा २ हजार ८ सय ८७, कर्णालीमा २ सय ३१ र सुदुरपश्चिम प्रदेशमा ८ सय ४ जनामा डेंगु देखिएको छ ।
स्वास्थ्य कार्यालयकाे तथ्याङ्क

स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क


